‘राष्ट्रिय मेलमिलापको नीति अहिलेपनि सान्दर्भिक छ’

  • पुष १५, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, पुस १५गते ।
नेपाली काँग्रेसका महामानव नेता विपि कोइरालाले ल्याउनु भएको राष्ट्रिय मेलमिलापको नीति अझैपनि सान्दर्भिक रहेको नेपाली काँग्रेसको सिरहा –१ क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले बताउनु भएको छ ।

स्कूल अफ डेमोक्रेसीले लहानको उद्योग वाणिज्य संघको सभा हलमा आयोजिति ४८ औ राष्ट्रिय मेलमिलापको सान्दर्भिकता विचार गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

आन्दोलनलाई निष्कर्षमा पुरयाउन र व्यवस्था परिवर्तनको लागि फरक विचार भएकादलहरुको बीचमा समेत राष्ट्रिय मेलमिलाप भएर उपलब्धिहरु हात लागेको उहाँले भन्दै व्यवस्था बदलिएपछि अवस्था बदलिन पनि मेलमिलापको नीति आवश्यक रहेको बताउनुभयो ।नगरप्रमुख चौधरीले भन्नुभयो,‘लहानको समुन्नति र विकासको लागि नगरपालिका एक्लैले केहि गर्न सक्दैन । सबै दलहरुको बीचमा मेलमिलाप र एकता सहितको हार्दिकता हुन आवश्यक छ । अरुदलभन्दा पनि नेपाली काँग्र्सभित्रै आन्तरिक र मजबूत एकताको आवश्यक्ता खडकिएको छ ।’

विपी कोइराला नेपाली काँग्रेसको नेता मात्रै नभएर राष्ट्रियताको जग मजबूत बनाउन २०३३ साल पुस १६ गते निर्वास छाडेर स्वदेश पर्कि देशलाई जोगाउन ल्याएको मेलमिलापको नीति यतिवेला आवश्यक रहेको एभरेष्ट क्लेजका प्रमुख धरणीधर अधिकारी ,बौद्धिकसमाजका डा नवो नारायण झा,अजय चौधरी, जसपाका नेता तथा अधिवक्ता जितेन्द्र प्रकाश महतो,लहान नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेकपा एमालेका नेता प्रकाश केसी र प्रेस युनियनका रमिता नेपालले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

स्कूल अफ डेमोक्रेसी सिरहाका अध्यक्ष उद्धव हमालले नेपाली काँग्रेसका स्थानीय नेपाली काँग्रेसका नेताहरुलाई कार्यक्रममा आउन निमन्त्रणा गरेको भन्दै विचार गोष्ठीभन्दा पिकनिकलाई बढी महत्व दिनु विडम्बना भएको बताउनुभयो । आउने विचार गोष्ठीमा असन्तुष्ट नेपाली काँग्रेसका नेताहरुलाई एकै ठाउँमा विचार मन्थनको लागि सहभागी गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन पत्रकार भरत जर्घा मगरले गर्नु भएको थियो ।

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A