सरकार पूरा अबधि चल्नेमा ढुक्क हुनुस : विमलेन्द्र निधि

  • माघ ५, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
माघ ५ गते ।
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री समेत हुनु भएको विमलेन्द्र निधिले वर्तमान गठबन्धको सरकार पुरा अबधि पाँच वर्षसम्म नै चल्ने बताउनु भएको छ ।

लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा पब्लिक क्याम्पस संघको मधेश प्रदेशको अधिवेशन उद्घाटन आउनु भएको नेता निधि अधिवेशनको उद्घाटन गर्न लहान आउनु भएको थियो । उद्य्घाटन कार्य सम्पन्न भएपछि बेलुका जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको सभा हलमा नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ताहरुले यो सरकारको भविष्य कहिलेसम्म रहेको प्रश्नको जवाफमा उहाँले यस्तो बताउनु भएको हो ।

२०८४ कोचुनाव र १५ औं महाधिवेशनको तयारीमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु लागि हाल्नुपर्ने उहााले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘गठबन्धन पाँच वर्ष नै चल्ने छ । कसैले चाहेर पनि गठबन्धनको सरकार भत्काउन सक्दैन । सरकारको नेतृत्व आलोपाले हुनेछ । गठबन्धनको विरोधमा नेता कार्यकर्ताले आफ्नो अभिव्यक्ति दिनु हुँदैन ।

भेटघाट नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवको अगुवाइमा जिल्ला सचिव शैलेन्द्र कुमार यादवको पहलमा नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरु अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

लहान क्याम्पसमा पब्लिक क्याम्पसको मधेश प्रदेशको अधिवेशनमा लहान क्याम्सको अध्यक्ष समेत रहनु भएको नगरप्रमुख महेश प्रसाद चौधरीले समेत सम्बमोधन गर्नु भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष लगनलाल चौधरीलाई सम्मनित गरेको थियो भने नेपाल विधार्थी संघको अगुवाइमा वृक्षारोपण समेत गरिएको थियो । लहान क्याम्पसका प्रध्यापक कन्हैया कुमार भट्ट संघको उपाध्यक्ष पदमा निर्वाचित भएको हो ।

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A