जीवछ उदासी
माघ ५ गते ।
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री समेत हुनु भएको विमलेन्द्र निधिले वर्तमान गठबन्धको सरकार पुरा अबधि पाँच वर्षसम्म नै चल्ने बताउनु भएको छ ।
लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा पब्लिक क्याम्पस संघको मधेश प्रदेशको अधिवेशन उद्घाटन आउनु भएको नेता निधि अधिवेशनको उद्घाटन गर्न लहान आउनु भएको थियो । उद्य्घाटन कार्य सम्पन्न भएपछि बेलुका जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको सभा हलमा नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ताहरुले यो सरकारको भविष्य कहिलेसम्म रहेको प्रश्नको जवाफमा उहाँले यस्तो बताउनु भएको हो ।
२०८४ कोचुनाव र १५ औं महाधिवेशनको तयारीमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु लागि हाल्नुपर्ने उहााले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘गठबन्धन पाँच वर्ष नै चल्ने छ । कसैले चाहेर पनि गठबन्धनको सरकार भत्काउन सक्दैन । सरकारको नेतृत्व आलोपाले हुनेछ । गठबन्धनको विरोधमा नेता कार्यकर्ताले आफ्नो अभिव्यक्ति दिनु हुँदैन ।
भेटघाट नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवको अगुवाइमा जिल्ला सचिव शैलेन्द्र कुमार यादवको पहलमा नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरु अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
लहान क्याम्पसमा पब्लिक क्याम्पसको मधेश प्रदेशको अधिवेशनमा लहान क्याम्सको अध्यक्ष समेत रहनु भएको नगरप्रमुख महेश प्रसाद चौधरीले समेत सम्बमोधन गर्नु भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष लगनलाल चौधरीलाई सम्मनित गरेको थियो भने नेपाल विधार्थी संघको अगुवाइमा वृक्षारोपण समेत गरिएको थियो । लहान क्याम्पसका प्रध्यापक कन्हैया कुमार भट्ट संघको उपाध्यक्ष पदमा निर्वाचित भएको हो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A