प्रशंसनीय भूमिकामा ‘प्रेस सेन्टर’

  • माघ १६, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, माघ १६ गते ।
नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘पचण्ड’ले प्रेस सेन्टरको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ ।२०औ प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा औद्योगिक नगरी महानगरपालिका बिरगञ्जको टाउन हलमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै यस्तो बताउनुभयो ।

जनयुद्धकालमा जनमुक्ति सेनाले खेलेको भूमिकामा अहिले प्रेस सेन्टर रहेको उहाँले भन्दै देशमा समाजवाद नआएसम्म प्रेस सेन्टर अभियानलाई गति दिइरहनु आवश्यक रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले थप्नुभयो,‘सत्य स्थापित गराउन जनतामा जन जागरण ल्याउन प्रेस सेन्टर लागि रहनुपर्छ । नेकपा माओवादीको अन्य जन संगठनहरुभन्दा प्रेस सेन्टरको भूमिका सराहनी छ । एक गाँउ एक प्रेससेन्टर आवद्ध पत्रकार उत्पादन गरेर जिम्मेबार बनाए वर्गीय चेतना तिव्र गतिमा अघि बढनेछ ।’
२०६१ साल माघ १५ गते रोल्पाको लिवाङगमा स्थापना भएको क्रान्तिकारी पत्रकारसंघ अहिले प्रेससेन्टरको रुपमा नेकपा मोवादी केन्द्रको मात्रै नभएर देशकै सूचना प्रवाह र सत्यतथ्य समाचार सम्प्रेषणमा अग्र मोर्चामा रहनुपर्ने अध्यक्ष प्रचण्डले निर्देशन समेत दिनुभयो ।प्रधानमन्त्री समेत रहनु भएको प्रचण्डले भन्नुभयो,‘झुठको खेति र भ्रमको जाल फैलाइरहेको पित पत्रिकारितालाई विस्थापित गर्न र सत्यतथ्य बाहिर ल्याउने कार्य प्रेस सेन्टरले खोजमूलक पत्रकारितामा जोड दिन जरुरी छ । सरकारले एक वर्षमा राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्धहरुलाई मजबूत गरेर अघि बढिरहेको छ ।’

राष्ट्रिय उद्योगहरु सञ्चालनमा ल्याउन सरकारले सुरु गर्ने प्रधानमन्त्री प्रचण्डले भन्दै यस आर्थिक वर्षको बजेट ल्याउन व्यापक छलफल गर्न हिउादे अधिवेशन डाकि सकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,‘यस आर्थिक वर्षको बजेटमा संघीय बजेटमा तीन करोडभन्दा माथिको कार्यक्रमहरु समेटिने,पुराना अधुरा योजनाहरु सम्पन्न गर्ने कार्य अघि बढाइने छ ।’

कार्यक्रमा पर्सा –४ का संघीय सांसद किसान श्रेष्ठले मधेश र देशको विकासको लागि प्रधानमन्त्रीले काठमाण्डौं नीजगढ द्रूतमार्ग र अन्तराष्ट्रि विमान स्थलको कार्य तीव्र गतिमा अघि बढनुपर्ने माग गर्नुभयो ।बिरगञ्ज महानगरपालिका प्रमुख राजेशमान श्रेष्ठले श्रमजीवि पत्रकार ऐन ल्याएर महानगरले पत्रकार हकहितमा काम गरीरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पीत पत्रकारिता गर्ने पत्रकारहरुले आफै न्यायलय न्याधिश र अख्तियार बनेर फैसला गर्ने विधि गलत रहेको तर्क गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष अग्नीसापकोटा उप महासचिव मातृका प्रसाद यादव, सचिव लिलामणि पोखरले प्रधानमन्त्रीका प्रेससललाहकार गोविन् आचार्यले समाजवाद स्थापनाको लागि प्रेससेन्टरले काम गर्नुपर्ने शुभकामना दिनु भएको थियो ।माघ १४गते आइतवार रष्ट्रिय परिषदको बैठक प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा र महासचिव सन्तोष पौडेलको सञ्चालनमा जारी बैठकमा विधान संशोधन गोविन्द देवकोटाले र सागठनिक प्रस्ताव महासचिव सन्तोष पौडेलले पेस गरेको सागठनिक प्रस्ताव उपर सहभागी केन्द्रिय सदस्यहरुले पुरक साझा सुझाव दिएर पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान होचुवाको भरमा आएकोले सक्रिय पत्रकारहरुको सदस्यता खारेज नगर्न ध्यान आकर्षित गराएको थियो । पार्टीको विधान अधिवेशनपछि प्रेससेन्टरको विधान संशोधनको अधिकार पदाधिकारीहरुलाई दिएको थियो ।

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A