नगरप्रमुख यादवद्वारा कार्यालयमा तोडफोड गर्नेमाथि कारवाहीको माग

  • माघ २८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

माघ २८ गते । 

मिर्चैया नगरपालिकाको कार्यालयमा आइतवार दिनको १२ वजे कार्यालयमा प्रवेश गरी जथाभावी एकासी ढुङ्गामुढा प्रहार गरेर लाखौको क्षति पुरयाउने समूहरुमाथि मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले कानुनी कारबाहीको माग गर्नु भएको छ । 

मिर्चैया नगरपालिका -३ का वडाध्यक्ष पवित्री देवी यादवको पति खगेश्वर गोहिवार यादवको अगुवाइमा ३० जनाको समूहमा १२ बजे आतङककारीको शैलीमा ३० कार्यालयमा प्रवेश गरेपछि केहि बेरमै जथाभावी ढुङगामुढा प्रहार गर्न थालेको नगरप्रमुख यादवले प्रकाशित गरेको प्रेविज्ञप्तिमा उल्लेख छ ।

IMG-20240211-WA0006

नगरप्रमुख यादवको अनुसार कार्यालयका कर्मचारी सेवाग्राहीहरु आतङ्कित हुन पुगेको थियो । ज्यान जोगाउन कर्मचारीहरु सुरक्षित स्थानतर्फ भागेका थिए । प्रहीलाई फोन गरेर बोलाउँदा केहि समय कार्यालय क्षेत्र रणभूमिमा परिणत भएको थियो । कुनै मागै नराखी कार्यालयमा एकासी ढुङ्गामुढा गरेर आतङककारी गतिविधि गर्नु कानुनी राज्यको ठाडो उल्लङघन भएकोले खगेश्वर यादवको साथमा आएर कार्यालयका शिशा कम्प्युटर सिसि क्यामरा, झ्यालढोका तोडफोड गरेर केहिबेर प्रहरीसँग समेत भिडन्त गरेका समूहहरुलाई नियणत्रणमा नलिएमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबार प्रहरी प्रशासन नै हुने नगरप्रमुख यादवले समृद्धिपथ अनलाइनलाई बताउनु भएको छ ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A