'गठबन्धन मजबुत बनाउन जिम्मेबार हुनुपर्छ'

  • चैत ११, २०८०
  • समृद्धिपथ
alt

 

                                  जीवछ उदासी 

                                   लहान,चैत ११

 नेपालमा सता समिकरण फेरिएको छ । बामपन्थीहरु सरकारमा सहभागी भएर बाम लोकतान्त्रिक गठबन्धन बनेको छ । यो गठबन्धन कतिदिन चल्ने ? भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ । विगतमा पनि सबैबाम एक ठाम भएर फुटेको ताजा इतिहास छ । टुटफुट नेपालको राजनीतिमा संस्कृति नन्दै गइरहेको छ । सुशासन समृद्धि र विकासको लागि स्थीर सरकार चाहिएको छ । स्थीर सरकारको लागि बहुमत चाहिन्छ । बहुमत कुनै एक दलको छैन् । सरकार चलाउनको लागि दुई वा दुईभन्दा बढि दलहरु मिल्नुको विकल्प छैन् । गठबन्धन प्राकृतिक कि अप्राकृतिक,स्वभाविक कि अस्वभाविक हुने कोणबाट चिन्ता हुनु स्भाविकै हो । नेपालको राजनीतिमा बामपन्थीहरुको एउटा किता र नेपाली काँग्रेसको अगुवाइमा गठबन्धन आवश्यक छ । अहिले त्यहि भएको हो । वर्तमान गठवन्धनको भविष्य नेकपा माओवादी केन्द्र,नेकपा एमाले र नेकपा एकिकृत समाजवादीका नेताहरु क्रमश: प्रचण्ड केपी ओली र माधव कुमार नेपालको बीचमा एकताको लागि आपसी हार्दिकतामा कति वृद्धि हुनेछ,त्यसमा निर्भर गरिनेछ । 

बाम गठबन्धन टिकाउन लागि बोली शैली रधैर्यता 

तीनै कम्युनिष्ट पार्टीहरु २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर चुनावमा सोचे अनुसारको परिणाम हासिल गरियो । झण्डै दुई तिहाइको बहुमतको सरकार केपी ओलीको नेतृत्वमा बलियो सरकार गठन पनि भयो । तर,सरकार पाँच वर्ष चल्न सकेन। नेकपा विघट्न भएर फेरि माओवादी अलग भयो । एमालेबाट माधव कुमार नेपाल अलग भएर नेकपा एमिकृत समाजवादी गठन भयो । त्यसको कारण सैद्यान्तिक फरक नभएर हठ,बोलीमा रवाफ, कार्य शैलीमा गडबडी र धैर्यताको कमि देखियो । यो तीतो अनुभव हामीले भोगेकै हो । यहि कमजोरी अहमता र अहंकारको कारणले नसोचेको क्षति देश र जनताले भोग्नु परयो । नेकपा विघट्नमा प्रचण्ड ओली र नेपाल तीनै जनाले चुक गरेकै हो । कसले कति प्रतिशत कमजोरी गर्यो ? त्यसको यकिन पनि उहाँहरुले मुखले नबोलेपनि मनले स्वीकार गरेर आत्मआलोचना गर्न पनि त्यतिकै जरुरी छ । प्रचण्डको शैली,केपी ओलीको बोली र माधव नेपालले धैर्य गर्न नसक्नुले नेकपा फुटको संघारमा पुग्यो । कम्युनिष्टहरु आपसमा फुटेकै कारणले २०७९ को निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्नगयो । निर्वाचनपछि सुरुमा एमाले माओवादी मिलेर सरकार गठन त गर्यो तर प्रचण्ड र ओलीबीच राष्ट्रपतिको चुनावलाई लिएर कुरा मिलेन । फेरि नेपाली काँग्रेस र माओवादी मिलेर सरकार गर्न अप्राकृतिक गठबन्धन बन्यो । यहाँनिर पनि प्रचण्डको शैली र केपी ओलीको बोलीले समस्या पैदा भयो । अहिलेको गठबन्धन टिकाई रहनको लागि बाम मोर्चालाई बाम एकता सम्म पुग्नलाई बोली शैली र धैर्यता आवश्यक रहेको छ ।

चीनले बनायो भारतले भत्काउँछ गठबन्धन 

वर्तमान गठबन्धन चीनको सक्रियतामा बन्यो । चीनको उपस्थिति बलियो भयो । यस गठबन्धनलाई भारतले सहन गर्न सक्दैन । लोकसभाको निर्वाचनपछि बन्ने सरकारले सबै कामहरुलाई एक ठाउँमा रहन दिदैन । यस्ता खाले तर्कहरु चियापसल राजनीतिक वृतमा भइरहेको छ । चर्चा हुनु र राजनीतिमा अनेक संभावनाहरुको खोजी हुनालाई स्वभाविकै मान्न सकिन्छ । कोशी कमलामा धेरै पानी बगे सरह नै राजनीतिमा पनि धेरै तीता मीठा अनुभवहरु नभएको होइन् । चीन र भारत दुई भीमकाय मुलुकको बीचमा रहेको नेपाल चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नु नै उचित समाधान हो । दुबै देशका राम्रा अभ्यासहरुबाट सिकेर अघि बढनु छ । दुबै देशसँग सुमधुर सम्बन्ध बनाएर अघि अढ्न सरकार सचेत रहनुपर्छ। चीनले गठबन्धन बनाइ दियो भारतले भत्काइदिइने,भारतले बनाइ दियो चीनले भत्काईदिइने सोच त्याग्नपनि त्यतिकै आवश्यक छ । आवश्यकता विचार र देशको हितमा प्राकृतिक गठबन्धन आफै बनाउने हो । आफ्नै रङगढङगबाट अघि बढ्ने हो । चीनले यस्तो गरिदियो भारतले त्यस्तो गरिदियो अनावश्यक आरोप प्रत्यारोपमा उत्रिनुको कुनै तुक छैन् । 

कि त प्राकृतिक गठबन्धन भइरहनु पर्छ कि त शासकीय स्वरुप फेर्नुपर्छ

अहिलेको संरचनाअनुसार कुनैपनि एकल दलको बहुमत आउने अवस्था छैन् । यसको लागि गठबन्धन संस्कृतिको निरन्तरता दिइनुको अर्को विकल्प देखिदैन । प्राकृतिक गठबन्धनको लागि एउटा किताको नेतृत्व नेपाली काँग्रेसले अर्को किताको नेतृत्व कम्युनिष्ट पार्टीहरुले नै गरिरहनुपर्छ । कम्युनिष्टलाई फुटाएर काँग्रेसले सरकार चलाउने र काँग्रेसलाई फुटाएर कम्युनिष्टले सरकार हाँक्ने गलत अप्राकृतिक दिशामा जानु हुँदैन । अहिले गठबन्धन सहि धरातलमा भएकोले यसलाई विदेशी शक्तिहरुले चाहेरपनि भत्काउन सक्दैन जब राजनीति दलहरु आफ्नो वैचारिक धरातलमा उभिन प्रण गर्छन् । गठबन्धनको राजनीतिबाट मुक्त हुन देशलाई स्थीरता दिन अर्को विकल्प शासकीयस्वरुप बदल्नुपर्छ । यसको लागि जनताबाट प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा जानु झन् भरपर्दो देखिन्छ । अलमल्ल र अस्थीरताको अन्तय गर्नु नै राजनीतिलाई स्थीरता दिनु हो । यसतर्फ उन्मुख हुन पनि दलहरुभित्रको नयाँ पुस्ताले दबाब दिन आवश्यक छ ।

सबै बाम एक ठाम आदर्श वाक्य र भनाइले मात्रै संभव हुँदैन । यसको लागि पुरानो पुस्ता र नयाँ पुस्ताबीच स्वस्थ्य सम्बाद भइरहनु पर्छ । यो हात लागेको अवसरलाई सदुपयोग गर्न नसके ठूलो चुनौती बाम घटकहरुको आगाडि देखापर्ने निश्चित छ । हार्दिकता बढाउँदै एकातर्फ निरन्तर रुपमा अघि बढिरहनुपर्छ । 

 

 

 

   

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A