'गठबन्धन मजबुत बनाउन जिम्मेबार हुनुपर्छ'

  • चैत्र ११, २०८०
  • समृद्धिपथ
alt

 

                                  जीवछ उदासी 

                                   लहान,चैत ११

 नेपालमा सता समिकरण फेरिएको छ । बामपन्थीहरु सरकारमा सहभागी भएर बाम लोकतान्त्रिक गठबन्धन बनेको छ । यो गठबन्धन कतिदिन चल्ने ? भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ । विगतमा पनि सबैबाम एक ठाम भएर फुटेको ताजा इतिहास छ । टुटफुट नेपालको राजनीतिमा संस्कृति नन्दै गइरहेको छ । सुशासन समृद्धि र विकासको लागि स्थीर सरकार चाहिएको छ । स्थीर सरकारको लागि बहुमत चाहिन्छ । बहुमत कुनै एक दलको छैन् । सरकार चलाउनको लागि दुई वा दुईभन्दा बढि दलहरु मिल्नुको विकल्प छैन् । गठबन्धन प्राकृतिक कि अप्राकृतिक,स्वभाविक कि अस्वभाविक हुने कोणबाट चिन्ता हुनु स्भाविकै हो । नेपालको राजनीतिमा बामपन्थीहरुको एउटा किता र नेपाली काँग्रेसको अगुवाइमा गठबन्धन आवश्यक छ । अहिले त्यहि भएको हो । वर्तमान गठवन्धनको भविष्य नेकपा माओवादी केन्द्र,नेकपा एमाले र नेकपा एकिकृत समाजवादीका नेताहरु क्रमश: प्रचण्ड केपी ओली र माधव कुमार नेपालको बीचमा एकताको लागि आपसी हार्दिकतामा कति वृद्धि हुनेछ,त्यसमा निर्भर गरिनेछ । 

बाम गठबन्धन टिकाउन लागि बोली शैली रधैर्यता 

तीनै कम्युनिष्ट पार्टीहरु २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर चुनावमा सोचे अनुसारको परिणाम हासिल गरियो । झण्डै दुई तिहाइको बहुमतको सरकार केपी ओलीको नेतृत्वमा बलियो सरकार गठन पनि भयो । तर,सरकार पाँच वर्ष चल्न सकेन। नेकपा विघट्न भएर फेरि माओवादी अलग भयो । एमालेबाट माधव कुमार नेपाल अलग भएर नेकपा एमिकृत समाजवादी गठन भयो । त्यसको कारण सैद्यान्तिक फरक नभएर हठ,बोलीमा रवाफ, कार्य शैलीमा गडबडी र धैर्यताको कमि देखियो । यो तीतो अनुभव हामीले भोगेकै हो । यहि कमजोरी अहमता र अहंकारको कारणले नसोचेको क्षति देश र जनताले भोग्नु परयो । नेकपा विघट्नमा प्रचण्ड ओली र नेपाल तीनै जनाले चुक गरेकै हो । कसले कति प्रतिशत कमजोरी गर्यो ? त्यसको यकिन पनि उहाँहरुले मुखले नबोलेपनि मनले स्वीकार गरेर आत्मआलोचना गर्न पनि त्यतिकै जरुरी छ । प्रचण्डको शैली,केपी ओलीको बोली र माधव नेपालले धैर्य गर्न नसक्नुले नेकपा फुटको संघारमा पुग्यो । कम्युनिष्टहरु आपसमा फुटेकै कारणले २०७९ को निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्नगयो । निर्वाचनपछि सुरुमा एमाले माओवादी मिलेर सरकार गठन त गर्यो तर प्रचण्ड र ओलीबीच राष्ट्रपतिको चुनावलाई लिएर कुरा मिलेन । फेरि नेपाली काँग्रेस र माओवादी मिलेर सरकार गर्न अप्राकृतिक गठबन्धन बन्यो । यहाँनिर पनि प्रचण्डको शैली र केपी ओलीको बोलीले समस्या पैदा भयो । अहिलेको गठबन्धन टिकाई रहनको लागि बाम मोर्चालाई बाम एकता सम्म पुग्नलाई बोली शैली र धैर्यता आवश्यक रहेको छ ।

चीनले बनायो भारतले भत्काउँछ गठबन्धन 

वर्तमान गठबन्धन चीनको सक्रियतामा बन्यो । चीनको उपस्थिति बलियो भयो । यस गठबन्धनलाई भारतले सहन गर्न सक्दैन । लोकसभाको निर्वाचनपछि बन्ने सरकारले सबै कामहरुलाई एक ठाउँमा रहन दिदैन । यस्ता खाले तर्कहरु चियापसल राजनीतिक वृतमा भइरहेको छ । चर्चा हुनु र राजनीतिमा अनेक संभावनाहरुको खोजी हुनालाई स्वभाविकै मान्न सकिन्छ । कोशी कमलामा धेरै पानी बगे सरह नै राजनीतिमा पनि धेरै तीता मीठा अनुभवहरु नभएको होइन् । चीन र भारत दुई भीमकाय मुलुकको बीचमा रहेको नेपाल चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नु नै उचित समाधान हो । दुबै देशका राम्रा अभ्यासहरुबाट सिकेर अघि बढनु छ । दुबै देशसँग सुमधुर सम्बन्ध बनाएर अघि अढ्न सरकार सचेत रहनुपर्छ। चीनले गठबन्धन बनाइ दियो भारतले भत्काइदिइने,भारतले बनाइ दियो चीनले भत्काईदिइने सोच त्याग्नपनि त्यतिकै आवश्यक छ । आवश्यकता विचार र देशको हितमा प्राकृतिक गठबन्धन आफै बनाउने हो । आफ्नै रङगढङगबाट अघि बढ्ने हो । चीनले यस्तो गरिदियो भारतले त्यस्तो गरिदियो अनावश्यक आरोप प्रत्यारोपमा उत्रिनुको कुनै तुक छैन् । 

कि त प्राकृतिक गठबन्धन भइरहनु पर्छ कि त शासकीय स्वरुप फेर्नुपर्छ

अहिलेको संरचनाअनुसार कुनैपनि एकल दलको बहुमत आउने अवस्था छैन् । यसको लागि गठबन्धन संस्कृतिको निरन्तरता दिइनुको अर्को विकल्प देखिदैन । प्राकृतिक गठबन्धनको लागि एउटा किताको नेतृत्व नेपाली काँग्रेसले अर्को किताको नेतृत्व कम्युनिष्ट पार्टीहरुले नै गरिरहनुपर्छ । कम्युनिष्टलाई फुटाएर काँग्रेसले सरकार चलाउने र काँग्रेसलाई फुटाएर कम्युनिष्टले सरकार हाँक्ने गलत अप्राकृतिक दिशामा जानु हुँदैन । अहिले गठबन्धन सहि धरातलमा भएकोले यसलाई विदेशी शक्तिहरुले चाहेरपनि भत्काउन सक्दैन जब राजनीति दलहरु आफ्नो वैचारिक धरातलमा उभिन प्रण गर्छन् । गठबन्धनको राजनीतिबाट मुक्त हुन देशलाई स्थीरता दिन अर्को विकल्प शासकीयस्वरुप बदल्नुपर्छ । यसको लागि जनताबाट प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा जानु झन् भरपर्दो देखिन्छ । अलमल्ल र अस्थीरताको अन्तय गर्नु नै राजनीतिलाई स्थीरता दिनु हो । यसतर्फ उन्मुख हुन पनि दलहरुभित्रको नयाँ पुस्ताले दबाब दिन आवश्यक छ ।

सबै बाम एक ठाम आदर्श वाक्य र भनाइले मात्रै संभव हुँदैन । यसको लागि पुरानो पुस्ता र नयाँ पुस्ताबीच स्वस्थ्य सम्बाद भइरहनु पर्छ । यो हात लागेको अवसरलाई सदुपयोग गर्न नसके ठूलो चुनौती बाम घटकहरुको आगाडि देखापर्ने निश्चित छ । हार्दिकता बढाउँदै एकातर्फ निरन्तर रुपमा अघि बढिरहनुपर्छ । 

 

 

 

   

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A