प्रेस चौतारी नेपाल सिरहाले मनाए होली तथा ईद पर्वको शुभकामना कार्यक्रम

  • चैत्र ११, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल सिरहा शाखाले आपसी सद्भाव र एकताको पर्व होली तथा मुस्लिम समुदायको पर्व ईदको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पनन गरेका छन् ।

आइतवार सिरहाको लहान स्थित होटल विशालको हलमा भएको होली तथा ईद पर्वको शुभकामना एवम् पूर्व मेयर मुनि साहको सार्वजनिकिकरण कार्यक्रममा प्रेस चौतारी सिरहाका सदस्यहरु तथा नेकपा एमालेका नेता कार्यकर्ताहरुले शुभकामना आदान प्रदान भएका हुन् ।

शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा सिरहा क्षेत्र नं. १ का संघिय सांसद रामशंकर यादवले होलीको अवसर पारेर प्रेस चौतारी नेपालले शुभकामना अदान-प्रदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै होली पर्वलाई सभ्य र भव्य रुपमा मनाउन सबैमा आग्रह गर्नु भयो ।

1711287481576

सोही अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा क्षेत्र नम्बर १ का इन्चार्ज रामरती रामले रङहरुको पर्व होलीलाई आपसी सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिनु भयो ।

सिकिस्त विरामी भई सक्रिय राजनीतिबाट टाढा रहनु भएका लहानका पूर्व नगरप्रमुख मुनि साहले आफ्नो स्वास्थ्य अवस्था ठिक भएकोले आजकै दिनबाट पुनः अन्याय अत्याचार विरुद्ध सक्रिय राजनीतिमा लाग्ने धारणा राख्नु भयो ।

उहाँले होली तथा ईद पर्वको सबैमा शुभकामना दिदै यी चाडपर्वहरुले हामीलाई आपसी सद्भाव, साझा संवेदनशीलता र भाइचाराको मूल्य अनुभव गराउँछन् भन्नु भयो । होलीका रङ र ईदको मिठासले समाजमा एकता र सहकार्यको सन्देश दिदै हामीलाई सधै एकतावद्ध गराउछ भन्नु भयो ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य राजेन्द्र चौधरीले असत्यमाथि सत्यको बिजय भएको उपल्क्षयमा यो होलि पर्व मनाउदैँ आईरहेको बताउनु भयो । होलीलाई खुसी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रूपमा लिइन्छ ।

1711287481586

शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रदेश सभासदस्य अशोक कुमार यादव, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य प्रदिप कुमार चौधरी, लहानका पूर्व उपमेयर सरियार चौधरी, मधेश प्रदेश कमिटि सदस्य रीता यादव, सिरहा नगरपालिकाका मेयर तथा एमाले सिरहाका अध्यक्ष डा. नविन यादव, प्रेस चौतारीका केन्द्रिय सदस्य रामभरोसी महतो, लहान नगर इन्चार्ज राजेन्द्र साह, मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रियासत लिमी, लहान २४ का पूर्व वडाध्यक्ष कमलेदव यादव, रेडियो मिताका संचालक जिवछ चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सिरहा क्षेत्र नं. १ (क) का इन्चार्ज राम नारायण मेहता, मधेश प्रदेश कमिटि सदस्य इस्लाम अली, जिल्ला कमिटि सदस्य अशेस्वर यादव, लहान २१ का वडाध्यक्ष राजकुमार साह, लहान नगर सचिव विरेन्द्र चौधरी, लहान १७ का वडाध्यक्ष प्रथमलाल चौधरी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त होली तथा ईद पर्वको शुभकामना अदान-प्रदान कार्यक्रम प्रेस चौतारी नेपाल सिरहाका अध्यक्ष शिव कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल सिरहाका सदस्य तथा रेडियो मिताका संचालिका यमुना खनाले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालक प्रेस चौतारीका सदस्य तथा समृद्धिपथ दैनिकका सम्पादक फिरोज सिद्दिकीले गरेका थिए ।

1711287481602 1711287481610 1711287481628 1711287481619

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A