'नेपालमा बंगलादेश केमा ल्याउनुहुन्छ, हवाईजहाजमा कि रेलमा?'

  • भदौ २५, २०८१
  • समृद्धिपथ
alt

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यंग्य गर्दै देशमा बंगलादेशजस्तो अवस्था ल्याउने भन्दै आलोचना गरेका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै मिश्रले प्रचण्डले नेपाल बंगलादेश बन्दैछ भन्ने भ्रम फैलाएको आरोप लगाए।

मिश्रले केही समयअघि श्रीलंकाको आर्थिक संकटसँग तुलना गर्दै नेपाल पनि त्यस्तै अवस्थामा पुग्ने हल्ला मच्चाउनेहरू अहिले बंगलादेशको हल्ला गर्दै देशलाई अन्योलमा पार्ने काम गरिरहेको बताए। "पहिले देश श्रीलंका बन्छ भनेर हल्ला मच्चाउनेहरू अहिले बंगलादेशको हल्ला गर्दैछन्," उनले भने, "बंगलादेश नेपालमा के चढाएर ल्याउँछन्— रेलमा कि हवाईजहाजमा?"

पूर्वप्रधानमन्त्री प्रचण्डजस्तो जिम्मेवार नेताले जनतामा भ्रम फैलाउन नहुने भन्दै मिश्रले प्रचण्डलाई सचेत गराए। उनले प्रचण्डमाथि आक्रोश पोख्दै सरकार र नेतृत्वको जिम्मेवारी भने जनतालाई आशा जगाउने र सकारात्मक मार्गदर्शन गर्नेमा केन्द्रित हुनुपर्ने बताए।

मिश्रको कटाक्षले राष्ट्रियसभामा चासो उत्पन्न गरेको छ भने उनले सरकारले जनतालाई भ्रममा पार्नुको सट्टा ठोस विकासका योजनाहरू अघि सार्नुपर्नेमा जोड दिए।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A