लहान मेयरको किसानविरोधी निणर्य, जनसमुदायमा आक्रोश

  • भदौ २६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीद्वारा लहानको सिंचाइ प्रणालीमा गरिएको विवादास्पद निणर्यप्रति किसान तथा स्थानीय जनसमुदायमा गहिरो आक्रोश देखिएको छ।

खुट्टी खोलाबाट लहान नगरपालिका वडा नं. २, ११, १२, १९, २०, २१, २२, र २३ मा सिंचाइ गर्ने नहरलाई ढलमा परिणत गरी बलान नदीमा खसाल्ने निणर्यप्रति जनगुनासो बढ्दै गएको हो।

मेयर चौधरीले उक्त नहरलाई ढलमा परिवर्तन गर्न ६ करोडको ठेक्का सम्झौता गरेका छन्। यो निणर्यले वडा नं. २, १९, २०, २१ र २३ मा आउने नहरलाई बन्द गर्ने छ, जसले गर्दा त्यहाँका किसानहरूलाई गम्भीर असर पर्ने अवस्था सिर्जना भएको छ। निणर्यपछि ती वडाहरूमा सिंचाइको सुविधा बन्द हुनेछ भने केवल वडा नं. ११ र १२ मा मात्र सिंचाइ गर्न पाइनेछ।

यस निणर्यले दक्षिणी वडाका किसानहरूको कृषि गतिविधिमा ठूलो असर पार्ने र उनीहरूको जीविकोपार्जनमा संकट ल्याउने अनुमान गरिएको छ। किसानहरूको लागि यो निणर्य अत्यन्तै पीडादायी भएको छ, किनकि सिंचाइ प्रणालीको अभावले उनीहरूको उत्पादनमा प्रत्यक्ष असर पर्नेछ।

किसानविरोधी ठहरिएको यस निणर्यप्रति जनसमुदायको विरोध तीव्र हुँदै गएको छ। नेकपा एसका नेता सत्यनारायण यादवले सामाजिक सञ्जाल मार्फत स्थानीय जनसमुदायले एकजुट भई यस्तो निणर्यविरुद्ध संघर्ष गर्नुपर्ने माग गर्दै, मेयरको निणर्य खारेज गर्न आह्वान गरेका छन्।

समुदायमा फैलिएको जनगुनासो अनुसार, पूर्व मेयर मुनि साहको कार्यकालमा खुट्टी खोलामा हेडवर्क निर्माण गरिएको थियो, जसको मुख्य उद्देश्य सिंचाइलाई व्यवस्थित गर्दै किसानको खेतसम्म पानी पुर्‍याउनु थियो। तर, अहिलेको मेयरको निणर्यले यस प्रणालीलाई ध्वस्त पार्दै किसानहरूको अवस्था बिजोग बनाउने अवस्थामा पुगेको छ।

स्थानीय नेताहरू तथा जनसमुदायले मेयरको यस निणर्यविरुद्ध एकजुट हुन अपिल गर्दै, किसानविरोधी योजनालाई अविलम्ब रोक्न माग गरेका छन्। यस निणर्यले नगरपालिकाभित्रको कृषि प्रणालीलाई प्रभावित गर्ने भन्दै, जनताले तुरुन्तै यो योजनालाई खारेज गर्न दबाब बढाएका छन्।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A