जीवछ उदासी
लहान, भदौ ३१ गते ।
नेकपा माओवादी केन्द्र निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा लहान–२१ का हेमन्त कुमार यादव चयन हुनु भएको छ ।
शनिबार सुखस्पुर नगरपालिकामा सम्पन्न सिरहा भेलाबाट यादव सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । ४५ सदस्यीय जिल्ला कमिटिमा उपाध्यक्षमा क्रमशः राजेन्द्र प्रसाद चौधरी,बिनोद यादव,आनन्द झा,तेतर राम र प्रमोद यादव रहेका छन् । यसैगरी सचिवमा दिलिप कुमार पासवान र सहसचिवमा अशोक कुमार यादव,इनर देव महतो चयन भएका छन् ।
लहान नगरकमिटिका अध्यक्ष समेत रहनु भएको हेमन्त कुमार यादव लहाननगरपालिका –२१ का पूर्व वडाध्यक्ष समेत रहनु रहनु भएको छ । मधेशी राष्ट्रिय मुक्रि मोर्चालाई जिललामा सशक्त संगठन बनाएर अघि बढ्ने समृद्धिपथ अनलाइसँग कुरा गर्दै प्रतिवद्धता व्यक्त गर्नुभयो ।
केहि दिन पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका केन्द्रिय नेताहरुले सिरहाका नेता कार्यकर्ताहरुलाई संगठन निर्माणमा केन्द्रित हुन निर्देशन गरे लगतै मधेशी राष्ट्रिय मुक्ति मोर्चाको गठन भएको हो ।
भेलालाई नेकपा माओवादी केन्द्रका केनिद्रय सदस्य तथा धनगढमिाई नगरपालिकाका पूर्व नगरप्रमुख हरि नारायण चौधरीले सम्बोधन गर्दै पार्टी अब जनताको समस्यालाई उठाउन संगठनमा ध्यान दिएको बताउनु भएको थियो । उहाँले भन्नुभयो,‘२०८४ को निर्वाचनमा सिरहा जिल्लालाई माओवादीको लालकिलला बनाउन बिगतका गलती कमजोरी सच्चयाउँदै अघि बढ्नुको विकल्प छैन् । जनताको सहानुभूति अझैपनि मोवादीप्रति नै रहेकोले नेता ताथा कार्यकर्ताहरु इमानदारीपूर्वक सक्रिय हुन आवश्यक छ ।’
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A