राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी गठन

  • असोज १, २०८१
  • समृद्धिपथ
alt

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानलाई औपचारिक रूपमा राजनीतिक दलको रूपमा रुपान्तरण गरी “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल“ गठन भएको छ। अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा गठित यस दलको मुख्य उद्देश्य नेपाललाई वहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्दै स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादको सिद्धान्तमार्फत मुलुकलाई सशक्त बनाउनु रहेको हो।

२०७९ साल फागुन १४ गतेदेखि सुरु भएको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विगत ६ महिनादेखि मुलुकमा बहुलराष्ट्रिय राज्यको स्थापनाका लागि संघर्ष गर्दै आएको थियो। दुई चरणको प्रचारात्मक अभियान सम्पन्न गर्दै, अभियानले पूर्वी नेपालको पाँचथरदेखि पश्चिमको बाग्लुङ र दाङसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो। यस क्रममा, स्वदेशवादी विचारधाराले देशभरिका आम जनतामा आशा र विश्वासको सन्देश प्रवाह गरेको देखिएको थियो।

अध्यक्ष महतोले हालको एकल राष्ट्रिय राज्यको संरचनाले नेपाललाई सबै नेपालीको राज्य बनाउन असफल भएको बताएका छन्। उनले देशमा व्याप्त विभेद, असमानता, शोषण, अन्याय, भ्रष्टाचार लगायतका समस्याहरूको समाधान गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य भएको बताएका छन्।

दलको गठनसँगै, “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल“ ले आगामी मंसिरदेखि सशक्त शान्तिपूणर् संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने घोषणा गरेको छ। साथै, आगामी दिनमा आफ्ना मागहरू देश र जनतासमक्ष अल्टिमेटमसहित सार्वजनिक गरिने जनाएको छ।

बैठकले दल दर्ताका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्ने निणर्य गरेको छ र निर्वाचन आयोगमा दल दर्ताका कागजात बुझाउन अध्यक्ष महतोलाई सम्पूणर् जिम्मेवारी सुम्पिएको छ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A