लहान नगरपालिकाको किसानमारा क्रियाकलाप विरुद्ध किसान र्‍याली

  • असोज १८, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिकाका किसानहरूले नगरपालिकाको किसानमारा क्रियाकलापविरुद्ध शुक्रबार सिरहाको लहानमा व्यापक विरोध र्‍याली निकालेका छन्।

र्‍याली शहिद चौकबाट सुरु भई लहान बजार परिक्रमा गरी लहान नगरपालिकाको गेट अगाडि पुगेर समापन गरिएको थियो।

अखिल नेपाल किसान महासंघ, लहान नगर कमिटीको आयोजनामा भएको उक्त र्‍यालीमा सहभागी किसानहरूले लहान नगरपालिकाका मेयर महेश चौधरीविरुद्ध नारा लगाउँदै, आफ्नो माग पूरा नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
किसानहरू नगरपालिकाको केही योजनाहरूले कृषि क्षेत्रलाई असर पारिरहेको आरोप लगाउँदै आक्रोशित बनेका छन्। उनीहरूले प्रमुखतया खुट्टी नहरलाई ढलमा परिणत गर्ने योजनाको ठेक्का फिर्ता लिई नहरको पुनःनिर्माण गरिनुपर्ने माग गरेका छन्। साथै, किसानहरूले निःशुल्क विद्युत् उपलब्ध गराउनका लागि कृषि मिटर दर्ता निरन्तर खुला राख्न र किसान परिचय पत्रको अविलम्ब वितरण गर्न जोडदार माग गरेका छन्।

किसानहरूले लहान नगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्षहरूको कोटामा वितरण गरिने मलखादलाई विभाजनको आधारमा खारेज गरिनुपर्ने र सबै किसानलाई समान रूपमा उपलब्ध गराउनुपर्ने माग गरेका छन्। त्यसैगरी, कृषि विकास र पशु विकास कार्यक्रमका लागि बजेटको १० प्रतिशत रकम व्यवस्था गरिनुपर्ने उनीहरूको अर्को प्रमुख माग रहेको छ।

र्‍यालीमा सहभागी किसानहरूले माग पूरा नगरिए आगामी दिनमा अझ ठूलो आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। र्‍यालीको आयोजना अखिल नेपाल किसान महासंघ, लहान नगर कमिटीले गरेको थियो।

photo_2024-10-04_13-58-55 (2) photo_2024-10-04_13-58-56 (3) photo_2024-10-04_13-58-56 photo_2024-10-04_13-58-57 (2) photo_2024-10-04_13-58-57 photo_2024-10-04_13-58-57 (4) photo_2024-10-04_13-58-55 photo_2024-10-04_13-58-57 (3)

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A