चाडपर्वमा मात्रै बजार अनुगमन, उपभोक्ता भन्छन्- नाटक मात्र हो

  • असोज १८, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान, असोज १८ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकाशिएको छ, जसका कारण उपभोक्ताहरू आर्थिक मारमा परेका छन्।

तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका हुन्।

यो वर्ष मात्रै होइन हरेक वर्ष लहानमा चाडपर्व दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ। अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ। मानौं गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छन्।

विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ। विशेषगरी दसैंतिहार जस्ता ठूला पर्व र असार मसान्तमा अनुगमनको रकम सक्न बजार अनुगमन हुने गरेको स्थानीयको गुनासो छ। 

चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रम दोहोरिएपछि बजारमा अखाद्यवस्तुको बिक्री निरन्तर हुने गरेको लहानका उपभोक्ता संजय साह बताउँछन्।

लहान नगरपालिकाका उपमेयर रामचलितर महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजबिराज, घरेलु तथा साना उद्योग कार्यालय लहान र स्थानीय पत्रकारहरूको अनुगमन टोलीले आज लाहान स्थित चौधरी होटलमा अनुगमन गर्दा पाँच हजार जरिवाना गरेको छ। 

स्थानीय उपभोक्ताहरूको भनाइमा दसैं–तिहारको समयमा मात्र गरिने बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा म्याद नाघेका वस्तुहरू खुला रूपमा बिक्री भइरहेका छन्। विशेषगरी, पसलहरूमा म्याद नाघेका चाउचाउ, बिस्कुटजस्ता खाद्य वस्तुहरू सहजै पाइने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्।

प्रत्येक वर्ष उपभोक्ता ठगिने, लुटिने क्रम बढ्दो भए पनि उचित अनुगमन र कारबाहीमा प्रभावकारिता नहुँदा ठगिने पक्षमा सुधार आउन नसकेको स्थानीय उपभोक्ता तथा समाजसेवी रामनारायण मेहताले बताए। गुणस्तरीय सुधारका लागि गर्नुपर्ने अनुगमन प्रतिशोधको भावनाले पनि गर्ने गरेको पाइएको छ। मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो केवल देखाउने दाँत मात्र भएको उनी बताउँछन्।

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A