फिरोज सिद्दिकी
लहान । लहानमा नेकपा एमालेको ४४औं नगर कमिटी बैठक आज सम्पन्न भएको छ।
बैठकको प्रमुख अतिथि राष्ट्र प्रतिनिधि परिषद सदस्य तथा लहानका पूर्व मेयर मुनि साहले विजयादशमीको शुभकामना दिँदै आगामी आन्दोलनलाई अघि बढाउने सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेका छन्।
बैठकमा विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान गर्दै उत्सवको महत्व र यसले समाजमा आपसी एकता र सद्भावलाई प्रबर्द्धन गर्नेमा जोड दिइएको थियो।
बैठकमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले पार्टीको आगामी योजना र रणनीतिहरूको छलफल गरेका छन्। साथै, स्थानीय र राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर आन्दोलनलाई कसरी सशक्त बनाउने भन्ने विषयमा समेत विस्तृत रूपमा विचार विमर्श भएको थियो।
लहान नगर कमिटी अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो। बैठकमा पार्टी संगठन सुदृढीकरण, जनसरोकारका मुद्दाहरूमा दबाब दिने र आगामी दिनमा राजनीतिक आन्दोलनलाई जनमुखी बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A