जीवछ उदासी
लहान, असोज २१ गते । नेकपा माओवादी केन्द्रका उप महासचिव तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका इन्चार्ज मातृका प्रसाद यादवले नेकपा माओवादीलाई देश र मधेशको पनि पहिलो पार्टी बनाउने गरी लाग्न पार्टीको नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
मधेशी राष्ट्रिय मुक्ति मोर्चा सिरहा जिल्ला कमिटिले कर्जन्हा नगरपालिकाको कर्जन्हा बजारमा दसैं शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो ।

नेकपा माओवादी मधेसमा किन कमजोर भयो यसको समीक्षा नेतादेखि कार्यकर्तासम्म समीक्षा गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले प्रष्टयाउनुभयो । नेता यादवले भन्नुभयो,'जुन गरीव दलित शोषित जनताको लागि माओवादीले यत्रो वलिदान गरयो ती जनतालाई विश्वासमा लिन आफ्नो काम गर्ने शैलीमा परिवर्तन ल्याउन आवश्यक छ । परिवर्तनको सारा एजेन्डा माओवादीले नै स्थापना गरेकोले जनता अझैपनि माओवादीकै पक्षमा रहेको छ ।
काँग्रेस एमाले गठबन्धन देश र जनताको पक्षमा काम गर्न नभइ भ्रष्टाचारीहरुलाई जोगाउन भएकोले २०८४ मा माओवादीलाई देशकै र मधेश प्रदेशकै पहिलो पार्टी बनाउन मधेशी राष्ट्रिय मुक्ति मोर्चाले माओवादीको एजेन्डा जनतालाई बुझाउन मेहनेत गर्नुपर्ने नेता यादवले बताउनुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा माओवादीको केस जगत यादव मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादव कर्जन्हा नगरपालिका पूर्व प्रमुख गंगा प्रसाद पासवान पुर्व प्रदेश कमिटि सदस्यहरु राम चन्द्र महतो,जिवछ यादव ज्ञानु श्रेष्ठ र चन्देश्वर यादव,वाइसिएल नेपाल सिरहा अध्यक्ष विवेक परियार अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष राम उदगार यादव लगायतका बिभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थितिमा मधेशी राष्ट्रिय मुक्ति मोर्चा सिरहा जिल्ला अध्यक्ष हेमन्त कुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A