अनेरास्ववियू (क्रान्तिकारी) द्वारा इजरायली आक्रमणको विरोध, नेपालीको सुरक्षाका लागि सरकारलाई पहल गर्न आग्रह

  • कार्तिक १, २०८१
  • समृद्धिपथ
alt

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) ले लेबनान र प्यालेस्टाइनमाथि भइरहेको बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा संगठनले इजरायली आक्रमणको विरोध गर्दै लेबनान र प्यालेस्टाइनका जनताप्रति समर्थन र सहानुभूति प्रकट गरेको हो।

विद्यार्थी संगठनले इजरायली आक्रमणका कारण लेबनान र प्यालेस्टाइनका जनताले भोगिरहेको दुःखदायी परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। साथै, इजरायल र लेबनानमा रहेका नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल सरकारलाई पहल गर्न आह्वान गरेको छ।

अनेरास्ववियू (क्रान्तिकारी) ले हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि इजरायली दूतावास, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आग्रह गरेको छ। संगठनले विद्यमान संकटलाई चाँडो समाधान गर्न अन्तर्राष्ट्रिय जगतले पनि ध्यान दिनुपर्नेमा जोड दिएको छ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले इजरायली आक्रमणको विरोधमा नारा लगाएका थिए र नेपाल सरकारलाई नेपालीहरूको सुरक्षाको प्रत्याभूति गर्न आवश्यक कदम चाल्न माग गरेका थिए।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A