समता स्कुलद्वारा लाहानमा 'समता साहित्य उत्सव' आयोजना हुने

  • पुस ११, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । नेपाली साहित्यको प्रवर्द्धन र विद्यार्थीहरूमा साहित्य प्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले सिरहाको लहानमा आगामी पुस १९ गते ‘समता साहित्य उत्सव’ आयोजना हुने भएको छ। समता स्कुल पूर्वी कन्सोर्टियमले आयोजना गर्न लागेको यो साहित्य उत्सवको चौथो संस्करण हो।  

‘साहित्यको संसारमा प्रेरणाको दियो’ भन्ने नारासहित हुने कार्यक्रममा सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुलीलगायत विभिन्न जिल्लाका २० भन्दा बढी ख्यातिप्राप्त साहित्यकारहरूको सहभागिता रहने जानकारी आयोजकले दिएको छ।  

कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरूमा साहित्यिक रुचि, ज्ञान र सृजनात्मक क्षमताको विकास गर्नु रहेको कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले बताए। श्रेष्ठका अनुसार, समता स्कुल पूर्वी कन्सोर्टियमले विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गरिरहेको छ।  

IMG-20241225-WA0001

उत्सवमा मकवानपुरका कवि निमेष निखिलले ‘विद्यालयमा साहित्यको भूमिका र सकारात्मक प्रभाव’ विषयमा विशेष वक्तव्य दिनेछन्। त्यस्तै, कवि विमल वैद्य, डा. अमरेन्द्र मिश्र, डा. रामसेवक सिंह, जिवछ यादव उदासी, रोयाण्टर मण्डल, सुमी पोखरेल, अर्जुनप्रसाद गुप्ता, सुमन घिमिरे अग्रिम, जीवन आरोही, प्रमोद थारू र ऋषि राईजस्ता ख्यातिप्राप्त सर्जकहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नेछन्।  

कार्यक्रममा झापा, इलाम, विराटनगर, लहान र इटहरीका विद्यार्थीहरूले पाँचौँ अन्तर समता गायन तथा नृत्य प्रतियोगिताको दोस्रो चरणका प्रस्तुति दिनेछन्। यसले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।  

साहित्य उत्सवका संयोजक विमल वैद्यका अनुसार, यस उत्सवले साहित्यिक क्षेत्रका अनुभवी सर्जकहरू र विद्यार्थीहरूबीचको अन्तरक्रियालाई प्रवर्द्धन गर्नेछ। साथै, विद्यार्थीहरूलाई नयाँ दृष्टिकोण र साहित्यिक यात्रामा अघि बढ्न प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ।  

समता स्कुल पूर्वी कन्सोर्टियमले यस्ता कार्यक्रमहरूलाई देशभरका समता विद्यालयमा विस्तार गर्ने योजना रहेको र विद्यार्थी, शिक्षक तथा अभिभावकलाई नयाँ प्रेरणा दिने प्रयासमा निरन्तरता दिने जनाएको छ।  

IMG-20241225-WA0002

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A