लहानका मेयर र अधिकृतमाथि कुशासन र भ्रष्टाचारको आरोप

  • पुस २०, २०८१
  • समृद्धिपथ
alt

लहान । लहान नगरपालिकाको ४४ लाख रुपैयाँ बक्यौता प्रकरणले हाल नगरवासीको ध्यान खिचेको छ। चौधरी इलेक्ट्रोनिक्सबाट उधारोमा लिइएको सामानको भुक्तानी २४ महिनासम्म रोकिएको घटनाले मेयर महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको हो।

चौधरी इलेक्ट्रोनिक्सकी सञ्चालिका शिला चौधरीले आफ्नो सामानको रकम भुक्तानी नपाएपछि नगरपालिका प्रशासनमाथि आक्रोश पोख्दै हालै प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा पुगेकी थिइन्। “म अब सहन सक्दिन। भुक्तानी दिनुस्, नत्र मलाई पासो लगाएर मार्नुस्,” आक्रोशित स्वरमा उनले भनिन्।

उनका अनुसार, नगरपालिकाले विद्युत सामग्री खरिद गर्ने क्रममा ४४ लाख रुपैयाँको सामान उधारो लिएको थियो। तर २४ महिनापछि पनि भुक्तानी नगर्दा उनी साहुका ताकेतासँगै बैंकको ब्याज दबाबमा परेकी छिन्।

प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले यो विषयलाई हल्का रूपमा लिँदै चौधरीलाई "पागल" र "बहुलाही" भन्दै टिप्पणी गरे। पत्रकारसँग कुरा गर्दै उनले पुरानो २–३ लाख रुपैयाँ मात्र बाँकी रहेको बताए। तर, मेयर महेश चौधरीले भने २२ लाख रुपैयाँ बक्यौता रहेको स्वीकारेका छन्।

मेयर चौधरीले भने, “म नयाँ थिएँ, नियमकानून थाहा थिएन। खरिद ऐनको प्रक्रिया मिलाउन नसक्दा भुक्तानी रोकिएको हो। तर, हामी प्रक्रिया मिलाएर भुक्तानी दिने बाटो खोज्दैछौं।”

नेपाली कांग्रेसका युवा नेता अजय चौधरीले यो घटनालाई आर्थिक अपराधको संज्ञा दिएका छन्। उनले भने, “४४ लाखको सामान खरिद गर्दा ई-बिडिङ्ग अनिवार्य थियो। बिना प्रतिस्पर्धा एउटै पसलबाट सामान खरिद गर्नु भ्रष्टाचार हो। २४ महिनासम्म भुक्तानी रोक्नु आर्थिक अपराध हो। राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन थाल्नुपर्छ।”

शिलाले हालै नगद १ लाख ९० हजारको भुक्तानी प्राप्त गरेकी छिन्। उनलाई बिस्तारै बाँकी रकम तिर्ने आश्वासन दिइएको छ। तर, नगरपालिकाको ढिलासुस्ती र गैरजिम्मेवारीको कारण यो प्रकरणले थप गम्भीरता लिएको छ।

लहान नगरपालिकामा कुशासन र भ्रष्टाचारको सीमा नाघेको भन्दै स्थानीय नागरिक र राजनीतिक दलले कडा आलोचना गरेका छन्। नेपाली कांग्रेसका अर्का नेता सन्तोष चौधरीले भने, “यो घटना खरिद ऐनको गम्भीर उल्लङ्घन हो। अब नगर प्रमुख र प्रशासकीय अधिकृतले जिम्मेवारी लिनुपर्छ।”

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A