लहानका मेयर चौधरीको नयाँ आश्वासन, पुराना वाचा बिर्सिए? लहान क्रिकेट स्टेडियम : शिलान्यासदेखि आश्वासनसम्म, कार्यान्वयन शून्य

  • पुस २१, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले गत वर्ष २०८० चैत ४ गते राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियमको शिलान्यास गरेका थिए। नगर उपप्रमुख रामचलितर महतो र वडा नं. ४ का अध्यक्ष रामनाथ पण्डितको उपस्थितिमा शिलान्यास गरिएको उक्त परियोजनाको अहिले कुनै प्रगति नदेखिँदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। 

शिलान्यासका क्रममा मेयर चौधरीले स्टेडियम निर्माणका लागि आगामी आर्थिक वर्षमा विशेष आर्थिक तथा प्राविधिक सहयोगको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए। तर, एक वर्ष बितिसक्दा पनि यो परियोजनाका लागि न बजेट विनियोजन भयो, न त निर्माणकार्यको थालनी नै। 

स्थानीय नगरवासीहरूमा अहिले यो विषय गम्भीर चर्चा र असन्तोषको केन्द्र बनेको छ। ‘विशेष आर्थिक तथा प्राविधिक सहयोग कहाँ हरायो?’ भन्दै स्थानीयले प्रश्न गरेका छन्।  

यही बीचमा, लहान क्रिकेट क्लबद्वारा आयोजित रोयल सफ्टेक कलेज इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथिका रूपमा उपस्थित मेयर चौधरीले लहान–१० स्थित खेल मैदान व्यवस्थित गर्न र स्टेडियम निर्माणका लागि १५ लाख रुपैयाँ बजेट दिने आश्वासन दिएका छन्।  

तर, मेयर चौधरीले बारम्बार आश्वासन मात्र दिएको र कुनै ठोस कार्य नगरेको भन्दै स्थानीयहरूले उनलाई ‘बेइमान मेयर’को संज्ञा दिएका छन्। ‘शिलान्यासदेखि प्रतिबद्धता र आश्वासन मात्रै सुन्न पाइन्छ, तर कहिले कार्यान्वयन हुनेछ?’ स्थानीय युवा राजेश साहले प्रश्न गरे।  

यता, खेलप्रेमीहरूले स्टेडियम निर्माणको नाममा गरिएको राजनीति र शिलान्यासपछि बेवास्ता गरिएका योजनाहरूप्रति आफ्नो गहिरो असन्तोष व्यक्त गरेका छन्। ‘हाम्रो खेलकुदको भविष्य अन्योलमा छ’ एक खेलाडीले समृद्धिपथलाई भने।  

अब लहान नगरपालिकाले यो परियोजना पूरा गर्ने ठोस योजना सार्वजनिक नगरेसम्म मेयर चौधरीप्रति स्थानीयहरूको आक्रोश र आलोचना अझै बढ्दै जाने स्थानीय समाजसेवी ओमप्रकाश साहले बताए।

इभी हाइस गाडीमा आगजन ...

फिरोज सिद्दिकी लहान । लहान नगरपालिका–२ निवासी ने ...

कम्प्युटर एसोसिएसन न ...

फिरोज सिद्दिकी सिराहा । कम्प्युटर एसोसिएसन नेपाल महासं ...

लिटिल स्टार स्कुलका ...

फिरोज सिद्दिकी  लहान । लिटिल स्टार सेकेन्डरी स्कु ...

नेपाल प्रिमियर लिगमा ...

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइ ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A