आगो ताप्ने चिया पसलको ‘घुरा’ साझा वहसको थलो बन्दै

  • माघ १०, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
माघ १० गते


शितलहर चलेपछि तराई मधेशको ग्रामीण भेग होस् चाहे सहरी क्षेत्र होस् न्यानो लुगा लगाएर मात्रै पुग्दैन । आगो ताप्न ‘घुरा’को महत्व पनि त्यतिकै हुने गर्दछ । लहानको मुख्य चोकमा रहेको रघुबीर चिया पसलको घुराको चर्चा यत्रतत्र हुन थालेको छ ।

यसलाई सामुहिक घुरा र वहस केन्द्रको रुपमा लिएर विहान वेलुका यहाँ विभिन्न क्षेत्रका अगुवाहरु घुरा ताप्न आउने गरेका छन् । लहान–२ का वडा सदस्य लाल मोहम्मद भन्नुहुन्छ,‘गाउँमा परालको घुरा सहरी क्षेत्रमा दाउराको घुरा शितलहर चलेपछि अति नै प्यारो हुने गर्दछ । जति न्यायनो ल्ुगा लगाएपनि केहिबेर विहान बेलुका घुरा तापेर सामाजिक परिवारिक देश विदेशको बारेमा वहस गर्ने थलो घुरा रहँदै आएको छ । म गोडछाडी गाउँबाट चिया खानुको साथै घुरा तापेर विभिन्न किमिको हुने वहस छलफलमा सहभागी हुन रघुबीर चिया पसलको पछाडि घुरा ताप्न नियमित आउने गरेको छु ।’

जति न्यायनो लुगा लगाएपनि रघुबीर पसलको चिया र घुरा नतापे विहान बेलुका आनन्द नै आउँदैन । यहाँ ठूला दलका नेता, पत्रकार,कर्मचद्धारी नाग।िरक सामाजका अगुवा हरेकासँग भेटघाट हुन्छ । हरेक दिन नयाँ नयाँ विषयमा हुने छलफलबाट सामाजिक विषयमा आफूलाई घुरा वहसले निकै चेतना भएको घुरा तापिरहेको अर्का व्यक्रि खेलकुद प्रशिक्षक विरेन्द्र बिरु यादवले सुनाउनुभयो ।
आफ्नो गृहगाउँ सुखीपुर नगरपालिका रहेको नेपाल पत्रकार मासंघका उपाध्यक्ष रोयान्टर मण्डलले लहानको मुख्य चोक स्थित रघुबीर चिया पसल पछाडिको घुराको अनुभव साट्दै भन्नुभयो,‘म पनि यहाँ विहान बेलुका चिया र घुरा ताप्न नियमित आउने गरेको छु । यहाँ हुने घुरा वहसको विषयबस्तु सुनेर पत्रकारिताको क्षेत्रमा उठाउनुपर्ने अनेकौ विषयबस्तु भेटाएको छु । यति महत्पुर्ण व्यक्तिहरुको जमघट चिया पसलको घुराबाट निकै खोराक प्राप्त भइरहेको छ । सहरी क्षेत्रमा हराउँदै जान थालेको घुरा संस्कृतिको जर्गेना भइरहेको अनुभव भएको छ ।’

लहान नगरपालिका–२ का पीडित कृषक रामचन्द्र यादव भन्नुहुन्छ,‘कृषि विकास बैंक लहान शाखामा ४५ महिनामा तीस लाख रकमको १९ लाख ९२ हजा।र तिर्दापनि दुई करोडको जग्गा लिलामी भएपछि यहि रघुबीर चिया पसलको पछाडि लाग्ने घुरा स्थलमा बस्ने सामाजका अगुवाहरु सत्य नारायण यादव,बालेश्वर यादव गुडु यादव अजय कुमार चौधरीसँग आफ्नो समस्या राखेपछि न्याय दिलाउन पहल गर्नुभयो । अहिले जग्गा फिर्ताको प्रक्रिया अघि बढेको छ । यस घुरालाई न्याय दिलाउने,ज्ञान विज्ञानको बहस हुने घुराको रुपमा आफू बुझेको छु ।’

साहित्य सृजनाको लागि लहान–१ स्थित रघुबीर चिया पसलको घुरामा आगो ताप्दै चिया पिउँदै सुनेको विषयबस्तुले आफूलाई उत्प्रेरणा मिलेको मैथिली साहित्यका अर्जुन प्रसाद गुप्ता दर्दिलााले बताउनुभयो ।

 

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A