लहान नगर प्रमुखको दमनकारी कार्यशैलीको विरोध गर्दै सर्वदलीय प्रेस विज्ञप्ति जारी

  • माघ २२, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । लहान नगरपालिकाका प्रमुख महेश चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। 

लहान नगरपालिकाको ऐतिहासिक खुट्टिखोला नहरलाई ढल बनाउने कार्य नगर प्रमुखको एकलौटी निर्णयमा भइरहेको आरोप लगाउँदै कडा आपत्ति जनाइएका हुन्। 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एस), राप्रपा लगायतका दलहरूले पटकपटक ज्ञापनपत्र बुझाए पनि नगर प्रमुखले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ।

नेताहरूले नगर प्रमुख चौधरीलाई "अराजक, दम्भी र गैरजिम्मेवार" भन्दै आरोप लगाएका छन्। साथै, किसान संघर्ष समितिले महिनौँदेखि नहर संरक्षणको माग राखी आन्दोलन गरिरहेका भए पनि नगरपालिकाले प्रहरी प्रशासनको प्रयोग गरी दमनकारी नीति लिएको उनीहरूको भनाइ रहेको छ।  

विशेष गरी चन्द्र शमशेरको पालामा निर्माण भएको ऐतिहासिक खुट्टिखोला नहरलाई ढलमा परिणत गर्ने निर्णयप्रति व्यापक असन्तोष जनाउँदै दलहरूले महिनौंदेखि विरोध जनाउँदै आएका छन्।  

विरोधका बाबजुद नगर प्रमुखले दलहरू, किसान संघर्ष समिति र आम नागरिकको आवाज वेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ। किसान संघर्ष समितिले महिनौंदेखि आन्दोलन गरिरहेको छ, तर नगर प्रमुखले प्रहरी प्रशासनको दमनकारी गतिविधिबाट आन्दोलन दबाउने प्रयास गरेको आरोप लगाइएको छ।  

यसैबीच, नगर प्रमुख र जिल्ला सुरक्षा निकायका प्रमुखहरू मौजमस्तीमा संलग्न रहेको भन्दै कडा आलोचना गरिएको छ। सामाजिक सञ्जालमा देखिएको भिडियो तथा तस्बिरहरूको सत्यता छानबिन गर्न सरकारसँग अपिल गरिएको छ।  

विज्ञप्तिमा नहरलाई ढलमा परिणत गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ। साथै, पहिल्यै सुरु भइसकेको खुला नहर निर्माणलाई सौन्दर्यकरणसहित निरन्तरता दिन नगर प्रमुखलाई आग्रह गरिएको छ।  

IMG-20250204-WA0000

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

नेपाल पत्रकार महासंघ ...

फिरोज सिद्दिकी लहान । नेपाल पत्रकार महासंघका नवनिर्वाच ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A