एकताको सन्देस दिएर मनाइयो जनयुद्ध दिवस लहानमा

  • फागुन १, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन १ गते 

नेकपा माओवादी केन्द्र लहानले पार्टीमा एकता कायम गरेर जाने सन्देस दिएको छ । 

विगत वर्षमा दुई ठाउँमा मानाउँदै आएको जनयुद्ध दिवस यस वर्ष ३० औ जनयुद्ध दिवस एकै ठाउँमा मनाएर यो सन्देस दिएको हो । 

लहान नगरपालिकाको २४ वटै वडाका नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पशुपति माविको खेल मैदानमा सयौको संख्यामा भेला भएर बजार परिक्रमा गरी कोण सभागरी सम्पन्न भएको थियो । 

कोणसभालाई नेकपा माओवादीका नेताहरु क्रमश: केस सुनिता सिंह ,जिकस तथा हान -२० का वडाध्यक्ष गणेश थारु, जिकस विजय गुप्ता र लहान नगर अध्यक्ष हेमन्त कुमार यादव, भगवानपुर गापा पार्टी अध्यक्ष राम विलास यादव र दलित नेता मनोज सदायले सम्बोधन गर्नु भएको थियो । उहाँहरुले लहानमा पार्टीलाई मजबुत बनाउन एक भएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

लहानको पार्टीमा देखिएको तिक्ता अन्तय गरेर जान मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादव सहइन्चार्ज विश्वनाथ साह र जिल्ला इन्चार्ज अजय शङकर नायकले निर्देशन दिनु भएको थियो । विगत वर्षहरु झै यस वर्षपनि दुई ठाउँमा जनयुद्ध दिवस मनाउने तयारी गरेको थाहा पाएपछि एकै ठाउँमा कार्यक्रम गर्न माथिल्लो कमिटिले निर्देशन दिएको थियो । 

 

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A