लहानमा फुटपाथ खाली गराउने अभयिानमा भेदभाव भएको गुनासो

  • फागुन ४, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । लहान नगरपालिकाले नगरभित्रको फुटपाथ खाली गराउँदै आएको प्रयास स्वागत योग्य मानिएको छ। तर, यस कार्यमा काखा पाखा गरिएको भन्दै स्थानीय व्यापारी र नगरवासीले आक्रोश व्यक्त गरेका छन्।

लहान–५ स्थित राधाकृष्ण चौकमा बिच सडकमै ठेला र टहरा राखेर व्यापार भइरहे पनि नगर प्रहरीले यसतर्फ ध्यान नदिएको स्थानीयको आरोप छ। यस्ता अव्यवस्थित व्यवसायहरूले पैदल यात्रीलाई समस्या मात्रै नभएर सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ। त्यहाँ कुनै सडक दुर्घटना भएमा जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत उठ्न थालेको छ।

सटर भाडामा लिएर व्यवस्थित रूपमा व्यापार गर्दै आएका व्यापारीहरूले फुटपाथ र सडकमा भएका अव्यवस्थित व्यापारका कारण आफ्नो व्यवसायमा नोक्सानी भएको गुनासो गरेका छन्। “हामीले महगो घर भाडा र विभिन्न प्रकारका करहरु तिरेर व्यापार गरिरहेका छौं, तर सडकमा अव्यवस्थित रूपमा व्यापार गर्नेहरूमाथि नगरपालिकाले कारबाही नगर्नुले हामीलाई समस्या भएको छ,“ एक व्यापारीले बताए।

नगरवासीहरूले नगरपालिकाले सबैलाई समान रूपले नियम लागू गर्नुपर्ने माग गरेका छन्। “फुटपाथ खाली गराउने काम राम्रो हो, तर काखा पाखा गर्नाले समस्या झन् बल्झिनेछ,“ एक स्थानीय बासिन्दाले भने। नगरपालिकाको पक्षपाती रबैयाले नगरवासीहरूमा असन्तोष बढ्दै गएको छ। यस वषियमा नगरपालकिाको ध्यानाकर्षण हुनुपर्ने भन्दै स्थानीयले थप पारदर्शी र नष्पिक्ष कदम चाल्न आग्रह गरेका छन्।

लहान नगरपालिकाले फुटपाथ व्यवस्थित गर्ने अभियानमा निष्पक्षता अपनाएर मात्र जनताको विश्वास जित्न सक्नेछ। यस विषयमा नगरपालिकाको स्पष्ट धारणा आउन अझै बाँकी छ।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A