'लहानका मेयर महेश चौधरीको प्राइभेट लिमिटेड कम्पनीजस्तै छ नगरपालिका'

  • फागुन ७, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, माघ ७ गते। लहान नगर उपप्रमुख राम चलितर महतोले नगर प्रमुख महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन्। उनले लहान नगरपालिकालाई महेश चौधरीको "प्राइभेट लिमिटेड कम्पनी" जस्तै चलाइएको दाबी गर्दै प्रमुख चौधरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

बुधबार लहानस्थित एभरेस्ट कलेजको २५औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महतोले भने, "लहान नगरपालिका प्रणाली, कानुन, विधि र विधानको आधारमा होइन, नगर प्रमुख चौधरीको व्यक्तिगत स्वार्थअनुसार सञ्चालन भइरहेको छ। नगर प्रमुखले आफूलाई चाकडी गर्ने शिक्षकलाई मात्र राख्ने र अन्यलाई तुरुन्त सरुवा गराउने परिपाटी स्थापित गरेका छन्।"

उपप्रमुख महतोले भने, “यो देश सिस्टम र कानुनले चल्छ, तर लहान नगरपालिकामा कुनै नियम छैन। जसले मेयरलाई चाकडी गर्‍यो, उसलाई मात्र मौका दिइन्छ। मन परेका शिक्षकलाई मात्रै राख्ने र मन नपरेका शिक्षकलाई रातारात सरुवा गरिन्छ।”  

महतोले लहान नगरपालिकाको शिक्षा क्षेत्र सुधारको स्थानमा झनै पछाडि परेको आरोप लगाए। "नगर प्रमुख आफूलाई शिक्षाप्रेमी भन्छन् तर शिक्षा क्षेत्रमा कुनै सुधारको अनुभव हुन सकेको छैन। अहिले शिक्षाको अवस्था अघिल्लो कार्यकालभन्दा खराब छ। गुणस्तर शिक्षा दिने नाममा नातावाद र कृपावादमा आधारित नियुक्ति भइरहेको छ," उनले थपे। महतोका अनुसार शिक्षामा सुधारका लागि प्रयास हुनुको सट्टा, स्थिति झन् कमजोर बन्दै गएको छ।  

उपप्रमुख महतोले नगरपालिकाका अन्य क्षेत्रमा समेत बेथितिको आरोप लगाए। “सरसफाई, बाटोघाटो, स्वास्थ्य र कृषि क्षेत्रको अवस्था समेत दयनीय छ। नुनदेखि सुनसम्म आफै खरिद गर्ने नगर प्रमुखलाई कसैप्रति विश्वास छैन, नगर प्रमुखले सबै निर्णय एकलौटी रूपमा गर्ने र कसैप्रति विश्वास नगर्ने प्रवृत्ति देखाएका छन्।" उनले थपे।  

उनले लहानलाई शिक्षा क्षेत्रको हब बनाउने आफूले चाहेको तर हालसम्म त्यसमा कुनै उपलब्धि हासिल नभएको उल्लेख गरे।  

स्थानीयवासीले नगरपालिकाको सेवा प्रवाह र प्रभावकारिताबारे लामो समयदेखि गुनासो गरिरहेका बेला उपप्रमुख महतोका आरोपहरूले लहान नगरपालिकाको आन्तरिक व्यवस्थापनलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ।

FB_IMG_1739975965824

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A