लहान नगरपालिका विरुद्ध सात दलद्वारा संयुक्त आन्दोलनको घोषणा

  • फागुन ८, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, माघ ८ गते । लहान नगरपालिकाले खु‌ट्टी नहरलाई ढलमा परिणत गर्ने ठेक्का दिएको विरोधमा सात राजनैतिक दल र विभिन्न किसान संघ संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन्।

विगत केही महिनादेखि स्थानीय किसान र विभिन्न दलले पटकपटक विरोध जनाउँदै ज्ञापनपत्र बुझाए पनि नगरपालिकाले मागको बेवास्ता गरेको आरोप संयुक्त पत्रकार सम्मेलन मार्फत लगाइएका हुन्।

खुट्टी नहर सिचाइ उपभोक्ता किसान संघर्ष समितिले दुई चरणको आन्दोलन र जनजागरण अभियान चलाइरहेको भए पनि नगरप्रमुख महेश प्रसाद चौधरीले सहमति उल्लङ्घन गर्दै प्रहरी प्रशासनको बलमा केही भागमा होम पाइप राखेर नहर पुर्न थालेको किसानहरुको आरोप छ।  

मधेश प्रदेशका सांसद र मन्त्रीहरूले पनि नहरलाई ढल बनाउन नहुने स्पष्ट धारणा राखिसकेका छन् भने उच्च अदालत जनकपुर राजविराज इजलासले सिचाइ प्रणालीलाई असर पुग्ने कुनै पनि कार्य नगर्न आदेश दिएको छ। राष्ट्रिय किसान सञ्जालले समेत किसान आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।  

विरोधमा रहेका सात दलहरू – नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, र राष्ट्रिय प्रजातन्त्र पार्टी ले संयुक्त विज्ञप्ती जारी गर्दै खुट्टी नहरलाई ढल बनाउन खोजिएको कुनै पनि हालतमा हुन नदिने चेतावनी दिएका छन्।  

नगरप्रमुख चौधरीले किसान आन्दोलनको अवहेलना गर्दै प्रहरी प्रमुख र जिल्ला प्रशासन प्रमुखको साथमा मुम्बई र गोवा भ्रमण गरेको आरोप पनि लगाइएको छ। विज्ञप्तिमा नगरप्रमुख चौधरीमाथि भूमाफिया र विचौलियाको स्वार्थपूर्तिका लागि नहरलाई ढलमा परिणत गर्न खोजेको दाबी गरिएको छ।  

सात दलले संयुक्तरूपमा खुट्टी नहरको ठेक्का रद्द गरी अतिक्रमण गरिएको नहर खाली गर्न सात दिनको अल्टिमेटम दिएका छन्। माग पूरा नभए खुला आन्दोलन गर्ने चेतावनी दिँदै आन्दोलनका क्रममा हुनसक्ने क्षतिको जिम्मा स्वयं नगरप्रमुख र नगरपालिकाले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।  

विज्ञप्तीमा नेकपा एमाले नगर अध्यक्ष राज कुमार साह, माओवादी केन्द्र नगर अध्यक्ष हेमन्त कुमार यादव, जसपा नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति लव कुमार मण्डल, जनमत पार्टी नगर अध्यक्ष पुजेन्द्र यादव, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष विनोद साह, र राप्रपाका नगर अध्यक्ष गंगा देवी यादवको हस्ताक्षर रहेको छ।  

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A