लहान नगरपालिकाका मेयर महेश चौधरीमाथि अख्तियारको छानविन: ६ घण्टासम्म बयान

  • फागुन १२, २०८१
  • समृद्धिपथ
alt

लहान, माघ १२ गते । लहान नगरपालिकाका मेयर महेश चौधरीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगातार ६ घण्टासम्म बयान लिएको छ। 

आज बिहान १० बजे आयोगको बर्दिवासस्थित कार्यालयमा हाजिर भएका मेयर चौधरीसँग आयोगले इन्धन खर्चमा देखिएको अनियमितताका विषयमा विस्तृत बयान लिएको हो।

सूत्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा २ करोड रुपैयाँ र २०८०/८१ मा ३ करोड रुपैयाँ इन्धन खर्च भएको विवरण देखिएपछि अख्तियारले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। पहिलो चरणमा अख्तियारले नगरपालिकाले इन्धन वापत दिएको भुक्तानी र सम्बन्धित कागजात झिकाएर अध्ययन गरेको थियो। प्रारम्भिक अध्ययनपछि अनियमितता देखिएपछि विस्तृत छानविन अगाडि बढाइएको आयोग स्रोतले जनाएको छ।

खाजा र खाना खर्च पनि शंकास्पद

इन्धन खर्च मात्र होइन, लहान नगरपालिकाले खाजा र खाना शीर्षकमा पनि ३ करोड ६५ लाख रुपैयाँ खर्च गरेको देखिएको छ। आयोगका अनुसार यस्तो अस्वाभाविक खर्चको विस्तृत छानविन गर्न अख्तियार बाध्य भएको हो। इन्धन खर्चमा अनियमितता रहेको प्रारम्भिक प्रमाण फेला परेपछि अख्तियारले मेयर चौधरीलाई सोधपुछका लागि बोलाएको थियो।

बयानका क्रममा उनलाई लगभग २० पानाको प्रश्नावली दिइएको थियो, जसको उत्तर दिन उनलाई ६ घण्टा लागेको अख्तियार स्रोतले बताएको छ। यस क्रममा अनुसन्धान अधिकारीहरूले उनलाई पटक-पटक पूरक प्रश्नसमेत गरेका थिए।

सम्पत्ति छानविन र विदेश भ्रमण जाँच

मेयर महेश चौधरीमाथि अख्तियारले सम्पत्ति छानविनसमेत थालेको छ। महेस्वरी चौधरीको नाममा जमिन खरिद गरिएको विषयमा परेको उजुरीका आधारमा आयोगले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। साथै, चौधरीको विदेश भ्रमण सम्बन्धी इमिग्रेशन रिपोर्टसमेत अख्तियारले झिकाएको छ।

नगरपालिकामा राजस्व छुट दिने निर्णयका सम्बन्धमा पनि उनी यसअघि अख्तियारमा बयान दिसकेका छन्। यो उनको तेस्रो बयान रहेको आयोग स्रोतले जनाएको छ। अख्तियारका अनुसार मेयर चौधरीविरुद्ध दर्जनौं उजुरी दर्ता भएका छन्, जसमा ४ वटा मुद्दा स्थापित हुने प्रक्रियामा छन्।

नेपालभरका स्थानीय तहमध्ये सबैभन्दा बढी खाजा, खाना र इन्धन खर्च देखिएको लहान नगरपालिकालाई अख्तियारले 'रेडजोन' मा राखेको छ। व्यापक अनियमितताको आशंकामा अख्तियारले थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ। साभार: दवानल अनलाइन

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A