जीवछ उदासी
फागुन १७ गते
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनतासँग गहिरो सम्बन्ध जोडन हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानमा रहेको बताउनु भएको छ ।
झापाबाट सुरु भएको अभियान फागुन १६ गते सिरहाको भगवानपुरबाट सुरु भएको अभियान आज फागुन १७ गते सिरहा स्थित सुर्य नारायण सत्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्राङगनमा आयोजित सभालाई सम्बोधन गरी सिरहाबाट धनुषातर्फ प्रस्थान गरेको छ । सिरहालाई आफ्नै माइतीघर सम्झिने प्रचण्ड सिरहा आएपछि आफ्नै घर आएको महसुस हुने गरेको बताउनुभयो ।
भगवानपुरमा भव्य स्वागत
शुक्रबार भगवानपुर गाउँपालिकाको हुलाकी मार्गमा पर्ने भगवानपुरमा भव्य स्वागत भएपछि प्रचण्ड हर्षित हुनु भएको थियो । भगवानपुरमा आयोजित सभालाई साँझको बेला सम्बोधनको क्रममा प्रचण्डले भन्नु भएको थियो,‘भगवानपुरमा पाएको भव्य स्वागतले दिनभरीको थकान हटेको छ । हुलाकी मार्गमा माओवादी पार्टीप्रति असाध्यै माया रहेको अनुभूति भएको छ । ठाडी भगवानपुर सडकको स्तरोन्नति गराउन, बलान नदी कटानको समस्या समाधान गर्न ठाडी भन्सारको स्तरोन्नति गर्न आफूले भूमिका खेल्नेछु ।’हुलाकी मार्गको अभियानमा विहान गरिने मोर्निङग वाक अन्तर्गत भगवानपुर चोकदेखि बलान नदीसम्म घुमेर आएपछि भगवानपुर चोकमा सर्वसधारणहरुसँग बसेर चिया चर्चामा सहभागी हुनु भएको थियो । सर्वसधारणसँगको भलाकुसारीको क्रममा स्थानीयहरुको समस्या सुन्नुभयो । चियाभेटघाटपछि सखुवानन्कारकटि गाँउपालिका –४ खैरबोना पुगेर स्थानीय नेता बालेश्वर साहको पहलमा एक सयभन्दा बढी व्यक्तिहरुलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराउनु भएको थियो । नेपाली काँग्रेस नेकपा एमाले र जनता समाजवादी पार्टी परित्याग गरेर नेकपा माओवादीमा प्रवेश गराउनु भएको थियो ।
बलात्कृत भइ मृत्यु भएकी रिङकु सदायको घर भगवतीपुर पुगेपछि
नेकपा माओवादी केन्द्रका पदाधिकारी केन्द्रिय सदस्यहरु सहित नवराजपुर गाउँपालिका –१ भगवातीपुर पुगेर प्रचण्डले रिङकु सदायको बुबा विजुली सदाय लगायत परिवारजनसित भेटेर प्रचण्डले भन्नुभयो,‘सामाजिक न्यायबाट टाढिदै जान थालेको गरीव दलितलाई न्याय दिलाउनको लागि पनि हुलाकी मार्ग अभियानमा जुटेका छौं । प्रहरी प्रशासनले राजनीतिक दलहरुको दबाबमा र प्रभावमा परेर गरीव दलितको आवाज नसुन्ने र सामाजिक न्याय समेत नहुने अवस्थामा गरीव दलित समुदायको न्याय बुलन्द गर्न नेकपा माओवादी केन्द्र साथमा रहने सन्देस दिन आएका छौ । रिङकु सदायलाई बलात्कार गर्न संलग्न युवकहरु क्रमशः रुपेश मण्डल, चन्दन साह र राम विनय मण्डललाई प्रहरी प्रशासनले कानुनी कठघारामा उभ्याउन ढिलासुस्ती गरी रहे नेकपा माओवादीका नेता कार्यकर्ताहरु चुप लागेर बस्ने छैन । रिङकुको परिवारजनलाई न्याय दिलाउन हामी प्रतिवद्ध छौं ।’भगवतीपुर पछि नवराजपुर गाउँपालिकाको सुनवर्षा चोकमा छोटो सम्बोधन त्यसपछि बरियारपटिमा चोकामा त्यसपछि औरही सन्हैठा हुँदै सिरहा पुगेको थियो ।
२०८४ मा माओवादी २०६४ कै जनमत ल्याउन अभियानमा छौ
सिरहामा आइपुग्दा माइतीको जस्तै माया पाएको नेकपा माओवादी अध्यक्ष प्रचण्डले बताउनुभयो । २०७० सालको दोस्रो पटक संविधान सभामा विजय गराएर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएको भन्दै देशले संविधान पाएको बताउनुभयो । मधेशको अन्तुष्टिलाई संविधान संशोधनको प्रस्ताव ल्याउँदा नेपाली काँग्रेस र एमाले तयार नभएको उहाँले दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो,‘मधेशको जनताले पहिचान र अधिकारको लागि नेकपा माओवादीले नै गर्न सक्ने सन्देस प्रवाह भएको छ । मधेशी जनताको असली सातथी नेकपा माओवादी नै भरहेको छ । गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदबार बनाउने काम गरयौ । मधेशी जनता माओवादीको आकर्षण बढेकोले २०६४ मा माओवादीको अत्यधिक जनमत पाएको थियो । २०६४ सालको जनमतलाई टिकाउन नसक्नुमा माओवादीमा जन्मेको अहंकार पार्टीभित्र एकता कायम गर्न नसक्नु र देशी विदेशी प्रतिक्रियावादीहरुले भ्रम सृजना गरयो र त्यसलाई चिर्न नसकेपछि माओवादी कमजोर भयो । अहिले हुलाकी क्षेत्रमा अभियान चलाएर विगतको कमजोरी सच्याएर अघि बढ्न लागेका छौ ।’माओवादीले थालेको जनयुद्धमा तेह्र सय योद्धाहरुले रगत बगाएर ल्याएको गणतन्त्र र संघियताको रक्षा माओवादीले नै गर्ने स्पष्ट रहेको अध्यक्ष प्रचण्डले भन्दै परिवर्ततलाई संस्थागत गर्दै समृद्ध मधेश र समृद्ध देश बनाउन जनताको भावना बुझेर विगतको गल्ती सच्चयाएर अघि बढ्न अभियानमा रहेको प्रष्टयाउनुभयो । उहाँले थप्नुभयो,‘अरुले गरेको नककली अश्वासन र भ्रममा नपरी र माओवादी नै सक्कली पार्टी रहेको मधेशी जनताले बुझ्न थालेकोले २०८४ को चुनावमा माओवादीलाई पहिलो पार्टी बनाउनेमा हामी ढुक्क हुन थालेका छौ ।’ वर्तमान सरकारले दुई दलीय तानाशाही व्यवस्था ल्याउन संघियता र परिर्वतनलाई खतरामा ल्याउने प्रयासमा वर्तमान सरकार लागि सकेकोले माओवादीलाई जनताले साथ दिइने अध्यक्ष प्रचण्डले पटक पटक दोहोराउनुभयो । मिटरव्याजी साहुहरुको विरोधमा १८ महिना सरकारमा रहँदा कानुन ल्याएर अघि बढेको अध्यक्ष प्रचण्डले स्मरण गराउँदै अहिले मिटरब्याज साहुहरुको मनोवल बढाउने कार्य अहिलेको प्रहरी प्रशासनले गरिरहेको उहाँले भन्दै माओवादी पार्टी मिटरब्याज पीडितहरुको साथमा रहेको प्रष्टयाउनुभयो । कार्यक्रममा मधेश प्रदेशका इन्चार्ज रहेको मातृका प्रसाद यादवले नेकपा माओवादी एमाले काँग्रेस जस्ता पार्टीसँग गठबन्धन नगरी आफ्नै बुत्तामा सरकार गठन गर्न अघि बढेको बताउनुभयो । अभियानमा नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङग , पदाधिकारी वर्षमान पुन जनार्धन शर्मा सिङगै टिम अभियानमा जोरिएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A