जीवछ उदासी
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले क्रान्तिकारी कम्युनिष्टहरुको बीचमा हार्दिकता र एकता प्रगाढ भइरहेको बताउनु भएको छ ।
जनतासँग माओवादी तराई-मधेश हुलाकी अभियानमा रहेको नेकपा माओवादीको सिङगो पदाधिकारीहरु आएकोबेला महासचिव गुरुङग मोरङ्गको एक कार्यक्रमका सहभागी हुन जाने क्रममा लहानमा आयोजित प्रेस सेन्टरको पत्रकारहरुसँग को भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।
नेकपा एमालेभित्र क्रान्तिकारी नेताहरुको बीचमा एकता हुने प्रवल संभावनालाई नकार्न मिल्दैन तर वर्तमान केपी ओलीको नेतृत्वसँग एकता हुने संभावना न्युन रहेको महासचिव गुरुङगले भन्दै हुलाकी मार्गमा चलिरहेको अभियानले पार्टीमा उर्जा थपिएको बताउनुभयो ।
यतिबेला वर्तमान सरकारको भ्रष्ट नीतिको कारण पश्चगामी शक्तिहरुले टाउको उठाउने मौकामा रहेकोले संविधान रक्षाको लागि गैर कम्युनिष्टहरुसँग समेत सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो',' नेकपा माओवादी केन्द्रमा मौलाएको गुटफुटको विकृति हटाउन अभियान चलिरहेको छ । यस पार्टीमा नीजि स्वार्थको लागि गुट गर्नेहरुको भविष्य छैन् ।'
पत्रकारहरुसँग को भेटघाटमा माओवादी केन्द्र लहानका नगर अध्यक्ष हेमन्त कुमार यादव जिल्ला नेताहरु विजय गुप्ता गणेश चौधरी र देब नारायण महतोको उपस्थिति रहेको थियो भने प्रेस सेन्टरका केन्द्रिय सदस्य मणिकलाल विश्वकर्मा मधेश प्रदेशका महासचिव जीवछ उदासी सिरहा सचिव सुदिप राउत सह सचिव आशानन्द यादव र विवेक परियारको सहभागिता रहेको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A