कल्याणपुरमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ताहरू एमालेमा प्रवेश

  • चैत ४, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

कल्याणपुर । कल्याणपुर नगरपालिका वडा नम्बर ८ तथा वडा नम्बर ३ बाट विभिन्न राजनीतिक दल परित्याग गरी सयौं कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

जसपाका वडा कमिटी अध्यक्ष लक्ष्मी प्रसाद सिंह सहित नेपाली कांग्रेस, जनमत पार्टी, जसपा नेपालका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्।  

नवप्रवेशीहरूलाई नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले अबिर र माला लगाएर स्वागत गर्नुभयो। कार्यक्रममा इन्चार्ज श्रेष्ठले नवप्रवेशीहरूलाई शुभकामना दिँदै एमालेको संगठनलाई बलियो बनाउन एकजुट भएर लाग्न आग्रह गर्नुभयो।  

कल्याणपुर वडा नम्बर ३ का वडा कमिटी सचिव सहितका कार्यकर्ताहरू समेत एमालेमा समाहित भएका छन्। नवप्रवेशीहरूलाई स्थानीय तथा प्रदेशस्तरीय नेताहरूले स्वागत गर्दै नेकपा (एमाले) नै देशको समृद्धिको मार्गदर्शक शक्ति भएको उल्लेख गरे।  

यस अवसरमा पार्टीका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो। नवप्रवेशी कार्यकर्ताहरूले नेकपा (एमाले) को विचारधारामा विश्वास गर्दै समृद्ध नेपाल निर्माणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A