लहान नगरपालिकामा उपमेयरमाथि कार्यकक्षमै हातपात, मेयरको निर्देशनमा घटना भएको आरोप

  • चैत १४, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, सिरहा । लहान नगरपालिकामा उपमेयर रामचरित्र महतोमाथि कार्यकक्षमै हातपात भएको छ। उपमेयर महतोले बिहीबार लहान-२२ का वडाध्यक्ष श्याम अधिकारीसहित आएका एक समूहले आक्रमण गरेको आरोप लगाएको हो।

नगरपालिकाका योजनाहरूको अनुगमन तथा उपभोक्ता समितिका विषयमा विवाद भइरहेका बेला घटनाको सुरुवात भएको हो। उपमेयर महतोका अनुसार नगरपालिकामा गुणस्तरहीन कामको कागजातमा हस्ताक्षर गराउन जबरजस्ती गरिएको छ। जब उनले अनुगमन बिना हस्ताक्षर गर्न अस्वीकार गरे, त्यही विषयलाई लिएर उनीमाथि हातपात भएको हो।  

महतोले नगर प्रहरीलाई बोलाउँदा समेत सहयोग नपाएको बताएका छन्। 'हातपात भइरहँदा नगर प्रहरीलाई खबर गर्दा मेयरको आदेश भन्दै आएनन्। यो घटनामा नेपाल प्रहरीले भने मलाई सहयोग गरेको छ, तर नगरपालिकाका प्रहरीले भने मलाई असुरक्षित बनाएको छ,' उनले भने।  

महतोले मेयर महेश चौधरीमाथि तानाशाही शैलीमा नगरपालिका सञ्चालन गर्न खोजेको आरोप समेत लगाएका छन्। 'गुणस्तरहीन कामको कागजातमा अनुगमन बिना नै साइन गर्न दबाब दिइन्छ। मलाई अख्तियारमा फसाउन खोजिएको छ,' उनले भने।  

यस्तै, उपमेयरका सवारी चालकमाथि समेत हातपात गरिएको छ। महतोले आफू असुरक्षित रहेको भन्दै अब आफूलाई केही भए यसको सम्पूर्ण जिम्मेवारी मेयर महेश चौधरीको हुने चेतावनी दिएका छन्।  

नगरपालिकामा पछिल्लो समय राजनीतिक अस्थिरता र आन्तरिक विवाद बढ्दै गइरहेको छ। यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A