लहानका उप–प्रमुखमाथि आक्रमण, राष्ट्रिय स्वतन्त्र पार्टीको घोर भर्त्सना

  • चैत १६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी, लहान नगर समितिले लहान नगरपालिकाका उप–प्रमुख राम चलितर महतोमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

लहान नगरपालिकाको कार्यकक्षमै उप–प्रमुख महतोमाथि लहान न.पा. वडा नं. २२ का वडा अध्यक्ष श्याम अधिकारीको नेतृत्वमा आएका समूहले नियोजित रूपमा आक्रमण गरेको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

रास्वपाको लहान नगर समितिले उप–प्रमुख महतोमाथि आक्रमण हुनु गम्भीर विषय भएको बताएको छ। समितिका अनुसार नगरपालिकामा विभिन्न योजनाहरू सञ्चालन गर्दा उप–प्रमुखलाई जानकारी नदिने, प्रमुख प्रशासकीय अधिकृतले योजना सम्पन्न भएपछि मात्र हस्ताक्षर गर्न दबाब दिने, उप–प्रमुखले अनुगमन गर्न खोज्दा दुव्र्यवहार गरिने जस्ता घटनाले नगरपालिकामा दादागिरी हाबी भएको देखिएको छ।

नगर समितिले नगरपालिकामा विधिको शासन लागू गर्नुपर्ने र कसैको निजी कम्पनीझैं नगरपालिका सञ्चालन नगर्न चेतावनी दिएको छ। साथै, भर्खर बनेका सडकहरू चाँडै जीर्ण हुनु, पारदर्शिता नहुनु, जबर्जस्ती हस्ताक्षर गराइनुजस्ता घटनाले नगरपालिकामा भ्रष्टाचार मौलाएको स्पष्ट भएको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, लहान नगर समितिका अध्यक्ष लव कुमार मण्डलले यस्तो घटनाको कडा निन्दा गर्दै नगरपालिकामा विधिको शासन कायम गर्न माग गरेका छन्।

 

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A