पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने सरकारी प्रक्रिया अघि बढ्यो

  • चैत १६, २०८१
  • समृद्धिपथ
alt

काठमाडौं – सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारी स्रोतका अनुसार शाहले विदेश पलायन हुन सक्ने आशंका गर्दै उनको राहदानी रद्द गर्न आवश्यक प्रक्रिया थालिएको हो।

सरकारले हालै देशका विभिन्न स्थानमा भएका हिंसात्मक आन्दोलनको निर्देशन पूर्वराजाले नै दिएको आशंका गरेको छ। हिजोको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड तथा हिंसात्मक गतिविधिमा शाहकै निर्देशनमा तोकिएका जनकमाण्डर तथा संयोजकहरू संलग्न रहेको सरकारी पक्षको दाबी छ।

पूर्वराजामाथि हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गरेको आरोपमा छानबिन अघि बढ्ने तयारी भइरहेको छ। एक उच्च सरकारी अधिकारीका अनुसार शाहले अनुसन्धानबाट बच्न देश छोड्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उनको राहदानी रद्द गर्ने निर्णय लिइएको हो।

सुरक्षा निकायका अनुसार पूर्वराजाको गतिविधि निरन्तर निगरानीमा राखिएको छ र उनलाई छानबिनमा समावेश गरेर कानूनी कारबाही अघि बढाउने तयारी भइरहेको छ।

तर, पूर्वराजाका समर्थकहरूले भने यो निर्णयलाई राजनीतिक पूर्वाग्रहबाट प्रभावित भन्दै विरोध जनाएका छन्। उनीहरूको आरोप छ कि सरकार पूर्वराजालाई लक्षित गर्दै षड्यन्त्र गरिरहेको छ।

यसअघि पनि शाहले राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनका समर्थकहरूले पटक-पटक राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै सरकारको विरोध गरेका थिए। तर, पछिल्लो हिंसात्मक घटनापछि सरकारले पूर्वराजालाई कानूनी दायरामा ल्याउने तयारी गरेको छ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A