लहान नगरपालिकामा संचालित योजनाको विवरण सार्वजनिक गर्न माग

  • चैत १६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिक

लहान । लहान नगरपालिकाका नगर उपप्रमुख राम चलितर महतोले आर्थिक वर्ष ०८१/०८२ मा संचालित योजनाहरुको विवरण सार्वजनिक गर्न प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेका छन्। पटकपटक सूचना माग गर्दा पनि योजनाका सम्बन्धमा जानकारी उपलब्ध नगराइएको भन्दै नगर उपप्रमुख महतोले असन्तुष्टि जनाएका हुन्।  

पत्रमा उल्लेख भएअनुसार, आर्थिक वर्ष ०८०/०८१ मा सम्पन्न भएका नगरस्तरीय योजना, विशेष गरी सडक ढलान तथा अन्य निर्माण कार्यहरू गुणस्तरहीन रहेको पाइएका छन्। एक वर्ष पूरा नहुँदै सडक चर्किने तथा भत्किने समस्या देखिएको भन्दै योजनाहरूको गुणस्तरप्रति गम्भीर प्रश्न उठाइएको छ।  

योजनाहरू कुन ठाउँमा संचालन भएका छन्, कुन मितिबाट शुरू भएका छन्, तथा हाल कार्यान्वयनको अवस्था के छ भन्नेबारे जानकारी दिन बारम्बार आग्रह गर्दा पनि प्रशासनले कुनै विवरण उपलब्ध नगराएको नगर उपप्रमुख महतोको गुनासो छ। काम सम्पन्न भएपछि मात्र बिल भरपाई सहित अनुगमनमा हस्ताक्षर गर्न फाइल पठाउने प्रवृत्तिले पारदर्शिता र गुणस्तर सुनिश्चित गर्न कठिनाई भइरहेको बताइएको छ।  

यसै सन्दर्भमा, आगामी तीन दिनभित्र योजनाहरूको विस्तृत विवरण उपलब्ध गराउन माग गरिएको एक महिना बित्दा पनि उपलब्ध गराएको छैन। यदि सूचना उपलब्ध नगराएमा, आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी दिने चेतावनी समेत पत्रमा उल्लेख छ।  

नगर प्रमुख, योजना शाखा, लेखा शाखा र प्रशासन शाखालाई समेत बोधार्थ पठाइएको पत्रमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न नगरपालिकाले तदारुकता देखाउनुपर्ने माग गरिएको छ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A