लहानका उपप्रमुखमाथि भएको दुर्व्यवहारप्रति सात दलको आपत्ति, कारबाहीको माग

  • चैत १६, २०८१
  • समृद्धिपथ
alt

लहान, १६ चैत । लहान नगरपालिकाकी उपप्रमुख राम चलितर महतोमाथि नगरपालिकाकै कार्यालयमा भएको दुर्व्यवहार र हातपातको घटनाप्रति सात राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। उनीहरूले यस घटनाको घोर निन्दा गर्दै दोषीहरूमाथि कडा कानूनी कारबाहीको माग गरेका हुन्।

मंगलबार नगर कार्यालयमा उपप्रमुख महतो आफ्नो कार्यकक्षमा रहेका बेला लहान नगरपालिकाका मेयर महेश चौधरीको निर्देशनमा वडा नं. २२ का वडा अध्यक्ष श्याम अधिकारी (थारु) सहित अन्य व्यक्तिहरूले दुर्व्यवहार, गालीगलौज तथा हातपात गरेको सात दलले आरोप लगाएका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लहान नगर समितिका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कानूनी शासनको उपहास गर्दै उपप्रमुखमाथि हमला गर्नु लहान नगरवासीका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।

'नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक विधिको रटान लगाउने पार्टीको लहान नगर सचिवद्वारा जारी गरिएको कपोलकल्पित तथा भ्रामक प्रेस विज्ञप्तिबाट कानूनी राज्यको उपहास गर्ने प्रयास गरिएको छ,' विज्ञप्तिमा उल्लेख छ।

सात दलले घटनामा संलग्न सबै व्यक्तिहरूलाई छानबिन गरी कडा कानूनी कारबाही गर्न माग गरेका छन्। साथै, यदि दोषीहरूमाथि कारबाही प्रक्रिया अघि नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने सात दलका नेताहरूमा नेकपा (एमाले) नगर सचिव विरेन्द्र चौधरी, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष हेमन्त कुमार यादव, जसपा नेपालका कार्यवाहक नगर अध्यक्ष चन्द्र नारायण कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव सूर्यनारायण महतो, नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष विनोद कुमार साह, जनमत पार्टी नगर अध्यक्ष पुजेन्द्र यादव र राप्रपा नगर अध्यक्ष गंगा देवी यादव रहेका छन्।

FB_IMG_1743262911731 1

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A