जीवछ उदासी
काठमाण्डौ,चैत १७ गते
प्रेस सेन्टर नेपालको जारी ५ औ महाधिवेशनबाट समावेसी उप महासचिवमा अनिल मिश्र र भूगोल सचिवमा सुनिता बराल निर्विरोध भएका छन् ।
दोस्रो दिन ९९ सदस्यीय केन्द्र समितिको लागि अघि बढेको निर्वाचन प्रक्रियाको उम्मेदवारहरुको प्रकासित नमावलीमा मधेश प्रदेशबाट मिश्र र बराल निर्विरोध हुनु भएको हो । नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष रहनु भएको मिश्र र महोत्तरी शाखाको अध्यक्ष रहनु भएकी बराल प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनबाट पदाधिकारीमा चयन हुनु भएका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A