राजावादीहरुको कर्तुतले जनतामा घृणा पैदा भएको छ : प्रधानमन्त्री ओली

  • चैत २६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा, चैत २६ गते । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुको हिंसात्मक गतिविधिप्रति जनतामा गहिरो घृणा उत्पन्न भएको बताएका छन्। 

गत चैत १५ गते काठमाडौंमा भएको तोडफोड, आगजनी, औषधि कारखानामा आगो लगाउने र पत्रकारको हत्या गर्ने घटनालाई उद्धृत गर्दै उनले यस्तो घृणित कार्यले राजावादीको वास्तविक रूप जनसमक्ष उजागर भएको बताएका हुन्।

20250408_164716

मंगलबार सिराहाको सदरमुकाममा रहेको सत्यनारायण सूर्यनारायण मोरबैता क्याम्पसको प्रांगणमा आयोजित नेकपा एमाले सिराहाको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सरकार विकास, समृद्धि र स्थायित्वको एजेन्डामा अघि बढिरहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको समृद्धिका लागि सुनकोशी–मरिन डाइभर्सन परियोजना अन्तर्गत मधेशका आठ जिल्लाका १ लाख ८५ हजार विघा जमिनमा चौबीसै घण्टा सिँचाइका लागि काम अघि बढिसकेको जानकारी दिए।

उनले केही दल थकित भइसकेकाले अब सरकार ढाल्ने खेलबाट बाहिरिएको र जनतालाई भ्रममा पार्न खोजे पनि त्यसको कुनै औचित्य नरहेको बताए। वर्तमान सरकार शान्ति र स्थायीत्वको लागि बनेको भन्दै जनताको भावना अनुसार संविधान संशोधन गर्न समेत सरकार तयार रहेको उनले प्रष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा बनेको वर्तमान सरकारले २०८४ सालसम्म आफ्नो कार्यकाल पूरा गर्ने दाबी गर्दै सहमति अनुसार १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने समेत उनले बताए।

20250408_153656

सिराहा र धनुषा जोड्ने कमला पुल भासिनुमा प्राविधिक त्रुटि भएको स्वीकार्दै प्रधानमन्त्री ओलीले उक्त पुलको पुनर्निर्माणका लागि सरकार गम्भीर भएर गृहकार्यमा लागेको बताए। उनले बाटो, खानेपानी, विपन्न विद्यार्थीका लागि खाजा, पाठ्यपुस्तक तथा ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाजस्ता कल्याणकारी कार्यक्रमप्रति सरकार प्रतिबद्ध रहेको जानकारी गराए।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले पार्टीभित्र इमानदार नेतृत्वको आवश्यकता औँल्याउँदै ११औं जिल्ला अधिवेशनमार्फत सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे। उनले गुटबन्दीमा नलागी स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्न निर्देशन समेत दिए।

20250408_155556

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता लगायतका नेताहरूले मन्तव्य राखेका थिए।

यसै अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने सयौं कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष ओलीले गम्छा, फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए।

FB_IMG_1744132986767

FB_IMG_1744133006494

FB_IMG_1744132997806

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A