वीरगन्जमा कर्फ्यू अवधि आइतवार मध्यरातसम्म थप

  • चैत ३१, २०८१
  • समृद्धिपथ
alt

पर्सा । वीरगन्जमा जारी कर्फ्यू आदेशको अवधि आइतवार राति १२ बजेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलता र सर्वपक्षीय निर्णयका आधारमा कर्फ्यू समयावधि थपिएको जनाएको हो।

प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार, आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वर्तमान परिस्थितिको मूल्यांकन गर्दै राति १२ बजेसम्म कर्फ्यू जारी राख्ने निर्णय गरेको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कर्फ्यू आदेश लागू गरिएको जनाएको छ। साथै, अर्को सूचना जारी नभएसम्मका लागि रात्रिबजार बन्द नै रहनेछ।

कर्फ्यूका कारण बजारमा रहेका अस्थायी स्टलहरू हटाइएका छन् भने व्यापारीहरूले आफ्नो सामान सुरक्षित ठाउँमा सार्न थालेका छन्।

शनिवार हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा सहभागीहरूद्वारा गरिएको कथित उच्छृङ्खल गतिविधिप्रति असन्तुष्टि जनाउँदै अर्को समूहले विरोध गरेपछि दुई पक्षबीच झडप भएको थियो। स्थिति थप संवेदनशील बनेपछि प्रशासनले शान्ति सुरक्षाका लागि कर्फ्यू जारी राख्नुपर्ने आवश्यक देखेको हो।

प्रशासनले नागरिकहरूलाई संयमित रहन र अनावश्यक हल्लामा नफसिन आग्रह गर्दै सुरक्षाकर्मीको निर्देशनको पालना गर्न अनुरोध गरेको छ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A