रास्वपा सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय

  • वैशाख ४, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दैछन्। आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले पार्टीको सचिवालयमा यो जानकारी दिने तयारी गरेको स्रोतले पुष्टि गरेको छ।

सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको रास्वपा स्रोतले जनाएको छ। यो त्यही मिति हो, जुन दिन पार्टी सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा पुनः फर्केका थिए। अहिले रवि लामिछाने सहकारी प्रकरणमा कारागारमा रहेका छन्।

राजीनामा दिने निर्णयसँग सम्बन्धित पार्टी स्रोतले भन्यो, "सुमनाजीले पार्टीको एक व्यक्ति एक पदको मान्यतालाई लागु गर्न चाहन्थे र उक्त दिनको अवसरमा उनले राजीनामा दिने प्रस्ताव गरेका थिए।"

रास्वपाका उच्च स्रोतका अनुसार, त्यो समयमा रवि लामिछानेले उक्त प्रस्तावलाई सही भनेका थिए, तर त्यसको कार्यान्वयनको लागि समय अनुपयुक्त रहेको बताएका थिए। तर, अहिले सुमनाले आफ्नो राजीनामा घोषणा गर्ने निर्णय गरिसकेकी छन्।

सुमनाले आफूले दिएको राजीनामा प्रस्ताव सही रहेको पुष्टि गरे पनि विस्तृत धारणा पार्टीमा राख्ने बताइन्।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A