तालाबन्दीले ठप्प मिथिला नगरपालिका: जनसेवा बन्द, आन्तरिक कलहले उग्र रूप लिँदै

  • जेठ ५, २०८२
  • समृद्धिपथ
alt

धनुषा, जेठ ५ गते । । मिथिला नगरपालिकामा पाँच दिनदेखि जारी तालाबन्दीले स्थानीय जनजीवन प्रभावित बनेको छ। नगरपालिकाको कार्यालयमा दैनिक सेवा लिन आउने नागरिकहरू रित्तै फर्कन बाध्य छन्, कारण हो स्थानीय सरकारको आन्तरिक विवाद।

मेयर महेन्द्र महतो र उप–मेयर सुनिता सिंह बुढाथोकीबीचको लामो समयदेखिको तनाव अन्ततः कार्यालय बन्द गर्ने स्थिति सम्म पुगेको छ। योजनामा सहभागिताका विषयमा उत्पन्न विवादले प्रशासनिक कार्य पूर्णरूपमा ठप्प बनाएको छ।

तालाबन्दीका कारण नगरपालिकाबाट दिइने सामान्य सेवा जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता प्रक्रिया, विकास आयोजनाका अनुगमन र कार्यान्वयन सबै स्थगित छन्। वृद्ध, बालबालिका, विद्यार्थी र सामान्य नागरिकलाई यसको प्रत्यक्ष असर परेको छ।

स्थानीय रामबाबु ठाकुर भन्छन्, “राजनीतिक झगडामा हाम्रो सेवा किन बन्द? नगरपालिका जनताको हो कि नेताको?”

नगरप्रमुख महतोले उप–मेयर बुढाथोकीद्वारा अघि सारिएका योजनाहरू रोकेको आरोप लागिरहेका बेला कार्यपालिकाको बहुमत समेत उप–मेयर पक्षमै रहेको देखिन्छ। तर, कार्यपालिका निर्णयभन्दा बाहिर गएर एकल निर्णय लिएको भन्दै मेयरमाथि प्रश्न उठिरहेका छन्।

स्थानीय विश्लेषकहरू भन्छन् यो विवाद ‘सत्ता भागबन्डा’ भन्दा गहिरो हो। प्रणालीको कमजोर संरचना, अधिकार क्षेत्रको अस्पष्टता र आन्तरिक संवादको अभावले समस्या चर्काएको हो।

मेयर महतोले लामो समयदेखि स्वास्थ्य शाखाका अशोक भण्डारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गराएको विषय पनि विवादको केन्द्रमा छ। कर्मचारी नियुक्तिमा पारदर्शिता र योग्यता भन्दा निकटता हावी भएको भन्दै कार्यपालिकाकै सदस्यहरूले आपत्ति जनाएका छन्।

स्थानीय सरकार लोकतन्त्रको आधार हो भन्ने भनाइलाई मिथिला नगरपालिकाको घटनाले उल्ट्याउने खतरा देखिएको छ। व्यक्तिगत विवादलाई राजनीतिक प्रतिष्ठा र अहंकारको विषय बनाएर सार्वजनिक सेवा बन्द गर्नुले नागरिकमा संस्थाप्रति नै वितृष्णा फैलाइरहेको छ।

अब प्रश्न उठेको छ के मिथिला नगरपालिकाको नेतृत्व संवाद र सहमतिबाट समाधानतर्फ अघि बढ्छ त? कि राजनीतिक अडान र आन्तरिक कलहले अर्को चरणको संकट निम्त्याउँछ?

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A