मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा उच्च प्राथमिकता

  • असार १, २०८२
  • समृद्धिपथ
alt

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार मधेश प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले उक्त बजेट प्रस्तुत गरेका हुन्।

बजेटमध्ये १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ चालू खर्चतर्फ र ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। यो वर्षको बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको देखिन्छ।

स्रोत व्यवस्थापन यथापि चुनौतीपूर्ण

बजेटका लागि ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ आन्तरिक राजस्वबाट उठाउने लक्ष्य राखिएको छ। संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदानमार्फत १३ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ आउने अनुमान छ।

अनुदान विवरण यस प्रकार छ:

वित्तीय समानीकरण अनुदान: ७ अर्ब ७२ करोड १९ लाख

सशर्त अनुदान: ४ अर्ब २६ करोड १८ लाख

विशेष अनुदान: ३९ करोड ४५ लाख

मपूरक अनुदान: ३५ करोड ८२ लाख

त्यसैगरी, राजस्व बाँडफाँटबाट १ अर्ब ३५ करोड प्राप्त हुने लक्ष्य राखिएको छ भने अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ। बाँकी २ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाइने उल्लेख गरिएको छ।

बजेटमा प्रदेशको समावेशी विकास, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक समृद्धिमा प्राथमिकता दिइएको छ। अब बजेटमाथि छलफल सुरु हुने र संशोधनसहित पारित हुने प्रक्रिया अघि बढ्नेछ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A