लहान नगरसभा विवादमा जसपा नेपाल आक्रोशित, छानबिनको माग

  • असार ७, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

७ असार, लहान । जनता समाजवादी पार्टी (जसपा) नेपाल लहान नगर समितिले लहान नगरपालिकाको १६ औं नगरसभा बिना आवश्यक कानुनी प्रक्रिया सम्पन्न गरेको भन्दै कडा विरोध जनाएको छ। शनिबार जारी एक प्रेस विज्ञप्तिमा जसपा नेपालले नगरसभाको तयारीमा आवश्यक प्रक्रिया नअपनाइएको, उप-प्रमुखलाई अधिकारबाट वञ्चित गरिएको र पार्टीभित्रैका केही नेताले गलत प्रवृत्ति अपनाएको भन्दै गम्भीर आपत्ति जनाएको हो।

नगर उप-प्रमुख राम चलितर महतो जसपा नेपालबाट निर्वाचित प्रतिनिधि हुन्। पार्टीका अनुसार, संविधान र स्थानीय ऐनले उप-प्रमुखलाई दिएको अधिकारको सम्मान नगरी नगरसभा आयोजना गर्नु गैरकानुनी कार्य हो। विज्ञप्तिमा उल्लेख गरिएको छ कि राजस्व परामर्श समितिको बैठक नबसी, बजेट तथा योजना तर्जुमा बैठकसमेत नगरी नगरसभा गरिएको छ, जसले जनताको विश्वासमा धोका पुर्‍याएको छ।

जसपा नेपाल लहान नगर समितिका नगर सचिव राम अवतार महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कि पार्टीकै केही नेताले नगर उप-प्रमुखलाई बैठकमा नबोलाई नगर प्रमुखको एकतर्फी कदमलाई समर्थन गर्नु निन्दनीय छ। पार्टी अनुशासन विपरित गतिविधिमा संलग्न ती नेताहरुको कारण कार्यकर्ताहरुमा गहिरो निराशा र मनोबल खस्किएको पार्टीको भनाइ छ।

'केही नेताहरु अरु पार्टीको दलाली गर्ने प्रवृत्तिमा लागेर पार्टीको प्रतिष्ठामा आँच पु-याउने काम गरेका छन्', विज्ञप्तिमा भनिएको छ। यस्तो प्रवृत्तिप्रति पार्टी चिन्तित रहेको र यसको यथासिघ्र छानबिन हुनुपर्ने माग गरिएको छ।

जसपा नेपाल लहान नगर समितिले उक्त विवाद र पार्टीभित्रको असन्तुष्टिप्रति पार्टीको जिल्ला, प्रदेश तथा केन्द्रिय नेतृत्वलाई ध्यानाकर्षण गराउँदै सत्य तथ्यको छानबिन गरी संगठन सुदृढीकरण गर्न अपील गरेको छ। यदि समयमा समाधान नगरिएमा लहानमा जसपा नेपालको जनाधारमा गम्भीर असर पर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

FB_IMG_1750522694588

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A