सिरहाको अर्नमा–१ मा युवकको हत्या, घर अगाडि शव फेला

  • असार १४, २०८२
  • समृद्धिपथ
alt

१४ असार, सिराहा । सिरहाको अर्नमा गाउँपालिका–१ मा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय रामसेवक महराका ३० वर्षीय छोरा अजय महरा शनिबार बिहान आफ्नै घर अगाडि मृत भेटिएको हो।

प्राथमिक अनुसन्धान अनुसार अजयलाई कुटपिट गरी घिसारिएको र त्यसपछि घाँटीमा लुगा बेरिएको अवस्थामा मृत फेला परेका स्थानीयले बताएका छन्। शवको अवस्था हेर्दा उनको हत्या योजनाबद्ध रुपमा गरिएको हुन सक्ने आशंका गरिएको छ।

घटनास्थलमा स्थानीयको ठूलो भिड लागेको छ भने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरीको टोली पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी दिएका छन्।

डिएसपी पासवानका अनुसार, घटनाको प्रकृति हेर्दा यसमा हिंसात्मक हमला भएको देखिन्छ। "शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पठाइएको छ। हत्याको कारण र दोषीको खोजीका लागि अनुसन्धान अघि बढाइएको छ," उनले बताए।

युवकको निर्मम हत्या पछि स्थानीय बासिन्दाहरू त्रसित र आक्रोशित बनेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A