लागुऔषधसहित दुई जना पक्राउ, ब्राउन सुगर, लाखौं नगद र सुन जफत

  • असार २०, २०८२
  • समृद्धिपथ
alt

लहान, असर २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ११ पडरिया टोलमा लागुऔषध ब्राउन सुगरको कारोवार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट संयुक्त रुपमा खटिएको विशेष टोलीले बिहीबार साँझ ४:१५ बजेतिर मिथलेश कुमार चौधरीको घरमा छापा मारेर लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।

३।२० गतेको पिक २ 1

प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–११ बस्ने २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन्। मिथलेशको साथबाट प्लास्टिकसहित खैरो हेरोइन (ब्राउन सुगर) ११३.९१ ग्राम (प्लास्टिक बाहेक १०९ ग्राम), नगद नेपाली रुपैयाँ ७ हजार ३१०, एक थान मोबाइल र उनको घरको दराजबाट नेपाली रुपैयाँ २ लाख ७५ हजार ३००, भारतीय रुपैयाँ १ हजार २५०, सुनजस्तो देखिने तिलहरी १ थान, नेकलेस १ थान, डिजिटल तराजु १ थान र प्लास्टिक काट्ने कैंची १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, राज नन्दन चौधरीको साथबाट प्लास्टिकसहित १०.७१ ग्राम (प्लास्टिक बाहेक ९.६१ ग्राम) ब्राउन सुगर, नगद २ हजार १ सय रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको छ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत सिरहाबाट लागूऔषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट कुल १२४.६२ ग्राम (प्लास्टिकसहित) ब्राउन सुगर र २ लाख ८६ हजार ७ सय १० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A