भूमि विधेयक खारेजीको माग गर्दै सिरहाको लहानमा विरोध प्रदर्शन

  • भदौ १५, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान (सिरहा) । सरकारले ल्याएको भूमि विधेयक गरिब, दलित र भूमिहीनहरूको हितविपरीत रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाले कडा आपत्ति जनाउँदै आइतबार लहानमा बृहत् विरोध प्रदर्शन तथा कोणसभा गरेको छ।

लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली विभिन्न नाराबाजी गर्दै बजार परिक्रमा गरी सहिद पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रम क्षेत्र नं.–१ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादवको अध्यक्षता रहेको थियो।

वक्ताहरूले भूमि विधेयक लागू भएमा चुरे क्षेत्रको विनाश, वन संहार, पानीको हाहाकार र मधेशमा खडेरी जस्ता गम्भीर समस्या निम्तिने चेतावनी दिए। उनीहरूले यस्तो विधेयक कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल खारेजीको माग गरे।

र्यालीका क्रममा “राष्ट्रिय घाति भूमि विधेयक खारेज गर” जस्ता नाराहरू गुन्जिएका थिए। सहभागीहरूले बजार परिक्रमा गर्दै विधेयकविरुद्ध बुलन्द आवाज उठाएका थिए।

विरोधसभामा मधेस प्रदेशका सांसद दोय राजकुमार गुप्ता, ललिता दास, जिल्ला अध्यक्ष अशोक यादव, प्रयागलाल यादव, दिनेश महतो, युवा नेता दिपेश यादव, लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतो, नगर अध्यक्ष रामउदगार महतो, शिव उदगार यादव, विजय यादव, शत्रुधन मण्डल, ललिता यादवलगायत नेताहरूको उपस्थिति थियो। साथै प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र यादवसहित अन्य नेतृवर्ग पनि कार्यक्रममा सहभागी थिए।

यसै क्रममा, १९ वर्षअघि भएको गौर हत्याकाण्डलाई राजनीतिक प्रतिशोधका आधारमा प्रयोग गरी जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई झूटो मुद्दामा फसाउने सरकारी षड्यन्त्र भइरहेको भन्दै नेताहरूले तीव्र आपत्ति जनाए। उनीहरूले गौर घटनालाई जसपालाई कमजोर पार्ने उद्देश्यले प्रयोग गरिएको आरोप लगाउँदै यसको कडा विरोध गरे।

वक्ताहरूले जसपा नेपाल सदैव गरिब, दलित, मुस्लिम, अल्पसंख्यक र उत्पीडित वर्गका अधिकारका लागि राजनीति गर्दै आएको स्मरण गराउँदै, मुद्दा र षड्यन्त्रबाट पार्टीलाई डराउन नसकिने चेतावनी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद गुप्ताले भूमि विधेयक खारेज नभए अझ शक्तिशाली आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी दिए। उनले संसदभित्र र सडकमा दुवै मोर्चामा संघर्ष गरिने स्पष्ट पारे।

'जसपा नेपालले आफ्नो धारणा प्रष्ट पारेको छ भूमि विधेयक कुनै हालतमा स्वीकार्य छैन,' सांसद गुप्ताले भने, 'आवश्यक परे देशभर तीव्र विरोध आन्दोलन सञ्चालन गरिनेछ।'

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A