राहत शिक्षकलाई करारको म्याद थप्ने कार्य सहय छैन : उपाध्यक्ष काम्ती

  • भदौ १६, २०८२
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान भदौ १६ गते 

नेपाल राहत शिक्षक समितिका केन्द्रिय उपाध्यक्ष शिब शङकर काम्तीले राहत शिक्षकको करार म्याद थप्ने कार्य स्वीकार्य नभएको बताउनु भयो । 

गएको शनिबार नेपाल राहत शिक्षक समितिले राहत शिक्षकको समस्यामा प्रधानाध्यापकहरुको सहयोग विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको थियो । 

राहत शिक्षक दरबन्दीमा नै नरहेकोले अस्थायी प्रकृतिको शिक्षक जस्तै ६ / ६ महिनामा करार म्याद थप्नुपर्ने पालिकामा रहेको शिक्षा शाखाहरुले दुख दिइने र मानसिक तनाव थप्ने कार्य बन्द गर्न उहाँले आग्रह र चेतावनी दुबै दिनुभयो । उहाँले भन्नुभयो,' नयाँ शिक्षा ऐन आएपछि सबै कुरा प्रष्ट हुनेछ । अहिले कर्जन्हा नगरपालिकाले म्याद थप्ने सुचना गरेको छ । निर्णय फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने छौ । ' 

राहत शिक्षकले आउन लागेको शिक्षा ऐनमा पेसाको निरन्तरता,सामाजिक सुरक्षामा आवद्धता र उमेरको हद हटाउनुपर्ने माग शिक्षक महासंघले उठाए साथ रहने,नउठाए राहत शिक्षक बालविकास र विद्यालय कर्मचारी मिलेर आन्दोलनमा उत्रिने प्रष्ट्याउनु भयो । 

 कार्यक्रममा नेपाल राहत शिक्षक मधेश प्रदेशको अध्यक्ष गङ्गा प्रसाद यादव सिरहा अध्यक्ष किसुन देव यादवले राहत बालविकास र विद्यालय कर्मचारी एलर्ट अवस्थामा रहन आन्दोलनको साइरन बजेपछि मरता तो क्या नहि करताको पथमा अघि बढेर आन्दोलनमा उत्रिने तर्क गर्नुभयो । 

राहत बालबिकास र विद्यालय कर्मचारीले उठाएको न्यायिक मागमा सधै साथ रहने शिक्षक फोरमका ओम प्रकाश महतो,शिक्षक संघ लहानका सचिव दिलिप चौधरी,नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका अध्यक्ष बद्री नारायण चौधरी प्रधानाध्यापकहरु क्रमश: उधव हमाल ,देवेन्द्र प्रसाद यादव,शिव शङकर महतो,राम चतुर महतो,प्रमोद कुमार यादव,रमाकान्त चौधरी सन्तोष गुप्ता लगायतकाले सहयोग र साथ दिइने प्रतिवद्धता जनाउनु भएको थियो । 

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A