भायानेटले सुशान्त केसीलाई ब्रान्ड एम्बासडर घोषणा गर्दै ‘Internet for Dreamers’ अभियान सुरु

  • भदौ १९, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘Internet for Dreamers’ सुरु गरेको छ।

भायानेटले सुरु गरेको उक्त अभियानको उद्देश्य डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू तथा इन्टरनेटमार्फत आफ्नो क्षमता प्रदर्शन गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने रहेको छ।

चर्चित कलाकार सुशान्त केसीको संगीत यात्रा इन्टरनेटबाटै सुरु भएको थियो। आफ्ना गीतहरू अनलाइन सार्वजनिक गर्दै लोकप्रिय बनेका केसी आज नेपाली संगीत क्षेत्रमा सफल कलाकारका रूपमा स्थापित छन्। सोही कारण भायानेटले केसीलाई अनुकरणीय पात्रका रूपमा प्रस्तुत गर्दै युवापुस्तालाई प्रेरित गर्ने लक्ष्य लिएको जनाएको छ।

‘Internet for Dreamers’ अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक गतिविधि र अनुभव आदानप्रदानमार्फत अघि बढाइनेछ। यसले कन्टेन्ट क्रिएटरहरू तथा डिजिटल क्षेत्रमा करिअर बनाउन इच्छुक युवालाई ठूला सपना देख्न र इन्टरनेटको सही उपयोग गर्दै ती सपना पूरा गर्न प्रोत्साहित गर्ने कम्पनीको विश्वास छ।

भायानेटले सुशान्त केसीसँगको सहकार्यलाई गौरवको रूपमा लिएको उल्लेख गर्दै, उनको संगीतप्रतिको लगाव, दृढता र आत्मविश्वासले नेपाली युवापुस्तामा सकारात्मक ऊर्जा भरेको जनाएको छ।

नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक मानिने भायानेटले उच्च–गति, भरपर्दो र गुणस्तरीय फाइबर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। नवीनतम प्रविधि र निरन्तर सेवा सुधारमार्फत डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउँदै आएको कम्पनीको दाबी छ।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A