आन्दोलनमा लुटिएका सामान फिर्ता गर्न भगवानपुर गाउँपालिकाको आह्वान

  • भदौ ३१, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा । भगवानपुर गाउँपालिका कार्यालयले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा हराएका तथा लुटिएका सामान फिर्ता गर्न आह्वान गरेको छ।

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै भदौ २४ गतेको आन्दोलनमा गाउँ कार्यपालिकाको कार्यालय र वडा नं. २ को कार्यालयमा भएको क्षतिको विवरण सार्वजनिक गर्दै ७ दिनभित्र सामान बुझाउन आग्रह गरेको हो।

सूचना अनुसार सिसिटिभी क्यामेरा, कम्प्युटर, प्रिन्टरसहित कार्यालयका अन्य सर-सामान केही व्यक्तिहरूले लगेका वा प्राप्त गरेका हुन सक्ने भन्दै ती सामग्री गाउँ कार्यपालिकाको कार्यालय वा अस्थायी प्रहरी पोष्ट भगवानपुरमा बुझाउन अनुरोध गरिएको छ।

गाउँपालिका अध्यक्ष उग्र नारायण यादवद्वारा हस्ताक्षरित सूचनामा तोडफोड र आगजनीले कार्यालय सञ्चालनमा गम्भीर असर परेको जनाइएको छ। उनले चोरी वा हराएका सामग्री फिर्ता नगरे कानूनी कारबाही हुने चेतावनी पनि दिएका छन्।

FB_IMG_1758040091172

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A