पाकिस्तानलाई पराजित गर्दै भारत नवौँ पटक एशिया कप च्याम्पियन

  • असोज १३, २०८२
  • समृद्धिपथ
alt

दुबई। भारतले एशिया कप क्रिकेटको उपाधि नवौँ पटक जितेको छ। आइतबार राति दुबई क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। भारतका तिलक वर्माले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रनको पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

बलिङतर्फ पाकिस्तानका फहिक असरफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान १–१ विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तान १९.१ ओभरमै १४६ रनमा अलआउट भएको थियो। पाकिस्तानका जाहिबजादा फरानले ५७ रन र फखर जमानले ४६ रनको योगदान दिए।

भारतका लागि कुलदिप यादव सर्वाधिक प्रभावकारी बने। उनले ४ विकेट हात पार्दै पाकिस्तानलाई दबाबमा पारे। त्यसैगरी जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट लिए।यस जितसँगै भारतले एशिया कपको उपाधि नवौँ पटक आफ्नो नाममा गरेको छ।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A