नेपाली क्रिकेट खेलाडीको तस्वीरसहित हुलाक टिकट सार्वजनिक

  • असोज २३, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट सार्वजनिक गरेको छ।

विश्व हुलाक दिवस–२०२५ का अवसरमा विभागले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त टिकटमा टाँचा लगाएको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले टिकटमा टाँचा लगाएर औपचारिक रूपमा सार्वजनिक गरे।

कार्यक्रममा मन्त्री खरेलले खेलकुदले मुलुकको अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध विस्तारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै हुलाक टिकटमार्फत नेपाली क्रिकेट खेलाडीको सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए।

हुलाक सेवा विभागका अनुसार उक्त टिकटमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू–१९ विश्वकपमा सहभागी नेपाली खेलाडीहरूको तस्वीर समावेश गरिएको छ। विभागका अनुसार खेलकुदमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्न महत्वपूर्ण योगदान पु‍र्‍याउने उद्देश्यले यो हुलाक टिकट प्रकाशन गरिएको हो।

विभागले २०८१ साल चैत १७ गतेको निर्णयअनुसार रु १० दरका पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको जनाएको छ।

नेपालले सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिकामा र वेस्ट इन्डिजमा भएको नवौँ संस्करणको आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागिता जनाएको थियो। एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिमले विश्वकप खेल्ने अवसर पाएको थियो।

त्यस्तै, नेपाली महिला यू–१९ क्रिकेट टिमले पनि आईसीसी महिला यू–१९ विश्वकपमा सहभागिता जनाएर नेपालको खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो।

विभागले खेलकुद क्षेत्रप्रतिको सम्मानस्वरूप आगामी दिनमा अन्य खेल क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको चित्रसहितका टिकट प्रकाशन गर्ने तयारी पनि गरिरहेको जनाएको छ।

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A