जेन्जी सहिद परिवारले तीन मन्त्रालयमा नियुक्ति माग गर्दै सरकारलाई चेतावनी

  • असोज २३, २०८२
  • समृद्धिपथ
alt

काठमाडौं । जेन्जी सहिद परिवार संघर्ष समितिले सरकारले सहिद परिवारप्रति बेवास्ता गरेको भन्दै तीन मन्त्रालयमा आफ्ना प्रतिनिधि नियुक्त गर्न माग गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा समितिले चेतावनीसहित सरकार समक्ष आफ्नो माग राखेको हो।

समितिले श्रम तथा रोजगार मन्त्रालयमा सहिद विजय चौधरीका दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा, र युवा तथा खेलकुद मन्त्रालयमा सहिद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको जानकारी गराएको छ। 

समितिले ७ दिनभित्र माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाई र कमल सुवेदीले सरकार र जेन्जीहरूले आफ्नो प्राथमिकतामा राख्नु पर्नेमा बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सुवेदीले भने, “हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौं, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ। जेन्जीहरू आआफ्नो स्वार्थमा लिप्त छन्।”

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A