मधेस प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार, जितेन्द्र सोनार मुख्यमन्त्री नियुक्त

  • असोज २९, २०८२
  • समृद्धिपथ
alt

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनार नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

उनले जसपा नेपाल, लोसपा, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीको समर्थनसहित सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएपछि सोनारले प्रदेशमा सुशासन र स्थायित्व कायम गर्न प्रतिबद्ध रहने बताएका छन्। उनले भने, “जेन–जी आन्दोलनपछि प्रदेश राजनीति शून्यतामा पुगेको थियो, अब हामी सबै दल मिलेर जनताको भरोसा पुनः स्थापित गर्नेछौं।”

उनका अनुसार प्रारम्भिक चरणमै गठबन्धनका पाँच वटै दल मिलाएर सानो आकारको मन्त्रिपरिषद् विस्तार गरिनेछ। उनले दक्ष, जिम्मेवार र जनउत्तरदायी टोली बनाएर काम अघि बढाउने विश्वास दिलाए।

यसअघि जसपा नेपालका सतिशकुमार सिंह मधेस प्रदेशका मुख्यमन्त्री रहेका थिए। विश्वासको मत लिनुपर्ने समयसीमा सकिनुअघि नै सिंहले प्रदेशसभाको बैठकमै राजीनामा दिएका थिए।

सोनारको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनलाई अहिले स्थायित्व र सहकार्यको ठूलो परीक्षा रहने अनुमान गरिएको छ। विश्लेषकहरूका अनुसार जेन–जी आन्दोलनपछि उत्पन्न असन्तुष्टि र शासनप्रतिको अविश्वास अन्त्य गर्न नयाँ सरकारलाई दृढ कदम चाल्नुपर्नेछ।

नयाँ मुख्यमन्त्री सोनारले आगामी दिनमा सुशासन, पारदर्शिता र विकासमुखी शासनलाई प्राथमिकता दिने बताएका छन्।

FB_IMG_1760534782321

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A